रौतहटमा छुरा प्रहार गरी छिमेकीको हत्या
रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या गरिएको छ। गौर नगरपालिका ७ सिसवा गाउँका ३५ वर्षीय शेख कबिरले छुरा प्रहार गरी छिमेकी ५० वर्षीय यार महदम खानको गए राति हत्या गरेका हुन्।
गए राति १० बजे दुवैजना बीच केही विवाद हुँदा कविरले खानको पेटमा छुरा प्रहार गरेका थिए। पेट र मुटुमा गम्भीर चोट लागेका खानलाई तत्कालै उपचारको लागि प्रादेशिक अस्पताल गौरमा लैजाँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
घटनाको ४० मिनेटपछि खबर गर्नासाथ प्रहरी टोली घटनास्थलमा पुग्न अघि नै आरोपी कबीर फरार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका इन्स्पेक्टर विन्देश्वर यादवले बताएका छन्। हत्याका अभियुक्त मानसिक रोगी रहेको र उसको खोजी तथा घटनाबारे अनुसन्धान भइरहेको इन्स्पेक्टर यादवले जानकारी दिएका छन्।
गौर नगरपालिको मेयर शम्भु साह प्रादेशिक अस्पताल गौरमा पुगेर मृतकको अवस्था बारे बुझ्दै फरार अभियुक्त लाई तत्काल पक्राउ तथा घटनाको सत्य तथ्य छानबिन गर्न स्थानीय प्रशासनसँग माग गरेका छन्। मृतक खानको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण