कविता
तिम्रो सामीप्य आनन्द लाग्छ
शनिबार, ०६ जेठ २०८०, १० : ४८
जूनको शीतल चौतारीमा
तिम्रो वाणीको जब वर्षा हुन्छ
तिम्रो मालाको आलिङ्गनमा
प्रवचनको अद्भुत स्वाद लिँदै
दिल यो भित्रै आनन्दित हुन्छ
नयाँ ऊर्जाले तन तरङ्गित हुन्छ
अन्तस्करणमा प्रज्वलित दीप बल्छ
दीपको मधुरो प्रकाशमा
ध्यानको शीतल छहारी हुन्छ
ध्यानमा डुब्दै डुब्दै
खुमारीको अनौठो स्वाद मिल्छ
सांसारिक वाणी रुक्छ
मधुर नाद बज्छ
विशाल आकाश झुक्छ
गगनको पुञ्ज चम्कन्छ
अस्तित्व यो आफै पनि
नतमस्तक भई
स्थिर हुन्छ
चेतनाको इतिहास फेरिन्छ
मनस्थितिको परिस्थिति फेरिन्छ
मुटुको धड्कन शान्त हुन्छ
सबेरै उठ्ने आदत जाग्छ
भावनाहरू भाव भइदिन्छ
चाहनाहरू हराइ दिन्छ
आत्मासँग परमात्मा जोडिदा
तिम्रो सामीप्य आनन्द लाग्छ ।
तिम्रो सामीप्य आनन्द लाग्छ ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण