काठमाडौँ उड्न लागेको बुद्ध एयरमा मुसा देखियो, प्राविधिक टोली जनकपुरतर्फ
शनिबार, ०६ जेठ २०८०, १२ : १८
काठमाडौँ । जनकपुरबाट काठमाडौँतर्फ उड्न लागेको बुद्ध एयरको जहाजमा मुसा दखिएपछि उडान स्थगित भएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार बोर्डिङपास भइसकेपछि यात्रुले मुसा देखेपछि उडान स्थगित भएको हो ।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले यात्रुले मुसा देखेपछि उडान स्थगित भएको र यात्रु अर्को जहाजमार्फत काठमाडौँतर्फ आइरहेको बताए । ‘यात्रुहरु ल्याण्ड हुने समय भइसक्यो । बुद्धको जहाजमा केही प्राविधिक खराबी देखिएको छैन,’ निरौलाले भने, ‘तर मुसा देखिएपछि चेकजाँच गर्न प्राविधिक टोली जनकपुरतर्फ लागिसकेको छ ।’
यात्रुले मुसा देखेपछि विमान होल्ड गरिएको जनकपुरस्थित बुद्ध एयरका कर्मचारी सन्दीप लामाले जानकारी दिए । जहाजमार्फत ४९ जना यात्रु काठमाडौँतर्फ आउन लागेका थिए । जहाज आजै बिहान साढे ८ बजे जनकपुर पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण