शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ उड्न लागेको बुद्ध एयरमा मुसा देखियो, प्राविधिक टोली जनकपुरतर्फ

शनिबार, ०६ जेठ २०८०, १२ : १८
शनिबार, ०६ जेठ २०८०

काठमाडौँ । जनकपुरबाट काठमाडौँतर्फ उड्न लागेको बुद्ध एयरको जहाजमा मुसा दखिएपछि उडान स्थगित भएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार बोर्डिङपास भइसकेपछि यात्रुले मुसा देखेपछि उडान स्थगित भएको हो ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले यात्रुले मुसा देखेपछि उडान स्थगित भएको र यात्रु अर्को जहाजमार्फत काठमाडौँतर्फ आइरहेको बताए । ‘यात्रुहरु ल्याण्ड हुने समय भइसक्यो । बुद्धको जहाजमा केही प्राविधिक खराबी देखिएको छैन,’ निरौलाले भने, ‘तर मुसा देखिएपछि चेकजाँच गर्न प्राविधिक टोली जनकपुरतर्फ लागिसकेको छ ।’

यात्रुले मुसा देखेपछि विमान होल्ड गरिएको जनकपुरस्थित बुद्ध एयरका कर्मचारी सन्दीप लामाले जानकारी दिए । जहाजमार्फत ४९ जना यात्रु काठमाडौँतर्फ आउन लागेका थिए । जहाज आजै बिहान साढे ८ बजे जनकपुर पुगेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप