गजल
प्रेम सागर म नै चाँडो तर्छु होला
शनिबार, ०६ जेठ २०८०, १३ : ३९
अलिकता बढ्ता माया म नै तिमीलाई गर्छु होला
तिमीले भन्दा प्रेम सागर म नै चाँडो तर्छु होला
हेर्ने भए हेर्न आऊ मेरो दिलको खेतबारी
तिम्ले भन्दा दुईचार सीयो म नै माया छर्छु होला
माया भर्ने पाथी भए ल्याऊ भरौँ मनको माया
तिम्रो भन्दा दुई चार मुरी मेरै माया भर्छु होला
नपत्याए चुरा फुटाऔं आऊ तिम्रै पछ्यौरीमा
ठूलो टुक्रा चैटिएकोमा म नै भागी पर्छु होला
अलिकता बढ्ता माया म नै तिमीलाई गर्छु होला
तिमीले भन्दा प्रेम सागर म नै चाँडो तर्छु होला ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण