ढुङ्गामुनि लुकाएर लाँदै गरेको काठसहित ट्याक्टर सशस्त्र प्रहरीद्वारा बरामद
रौतहट । रौतहट स्थित ढुङ्गामुनि लुकाएर लाँदै गरेको सालको गोलिया काठ सहितको ट्याक्टर सशस्त्र प्रहरीले बरामद गरेको छ ।
चन्द्रपुर नगरपालिका ३ को गैडाटारबाट लोड गरेर वडा १० बालचनपुर लाँदै गरेको अवस्थामा ना ४त ८३६६ नम्बरको ट्र्याक्टर सशक्त प्रहरीको टोलीले बरामद गरेको हो । बालचनपुरका चिरानमिल सञ्चालक मुकेश साहले ५ थान सालको गोलिया ढुङ्गा मुनी लुकाएर ट्रेक्टर लोड लाँदै गरेको सूचनाको आधारमा सन्तपुर स्थित सशस्त्र बेसकाको प टोलीले बरामद गरेको हो ।
बरामद काठ सहितको ट्याक्टर डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ । ट्याक्टर चालक चन्द्रपुर १० का २३ वर्षका फिरोज मन्सुरी पक्राउ परेको तथा ट्याक्टर धनी चिरान मिल सञ्चालक मुकेश साह सशस्त्र प्रहरीलाई देख्नासाथ फरार भएको थियो ।
बरामद ५० क्युफिट सालको गोलिया काठ, ट्र्याक्टर र चालक नियन्त्रणमा रहेको तथा आवश्यक अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख सुनिल कर्णले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण