प्रिमियर लिग जितेपछि म्यानचेस्टर सिटी थप २ उपाधिको प्रतिक्षामा
काठमाडौं । इङ्लिस प्रिमियर लिगमा शनिबार राति आर्सनल र नटिङ्घम फरेष्टबीच खेल भयो । उक्त खेलमा नटिङ्घमले आर्सनललाई १—० गोलले हरायो । तर, उक्त खेलको फाइदा भने ‘लिग लिडर’ म्यानचेस्टर सिटीलाई पुग्यो ।
जारी सिजनको उपाधि जित्न म्यानचेस्टर सिटीलाई केवल एक जितको आवश्यक थियो । म्यानचेस्टर सिटीले ३५ खेलबाट ८५ अंक जोडेको थियो । तालिकाको दोस्रो स्थानमा आसिन आर्सनलको भने ३७ खेलबाट ८१ अंक थियो ।
तर, तालिकाको दोस्रो स्थानमा आसिन आर्सनललाई नटिङ्घमले हराएपछि म्यानचेस्टर सिटीले आइतबार राति आफ्नो खेल खेल्नुअघि नै उपाधि जित्यो । म्यानचेस्टर सिटीले आइतबार राति चेल्सीसँग भिडन्त गर्ने कार्यक्रम छ । म्यानचेस्टर सिटीले लगातार तेस्रो पटक प्रिमियर लिगको उपाधि जितेको हो । प्रशिक्षक पेप ग्वार्डिओलाको टोली म्यानचेस्टर सिटीले प्रिमियर लिगको पछिल्ला ६ संस्करणमध्ये ५ वटाको उपाधि चुमेको छ ।
यो सिजन म्यानचेस्टर सिटीले थप २ उपाधि जित्ने सम्भावना छ । म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिग र एफए कपको पनि फाइनलमा पुगेको छ ।
यसअघि सन् १९९८÷९९ सिजनमा म्यानचेस्टर युनाइटेडले मात्र एकै सिजनमा प्रिमियर लिग, च्याम्पियन्स लिग र एफए कपको उपाधि जितेको थियो । यो सिजनको च्याम्पियन्स लिगको फाइनलमा म्यानचेस्टर सिटीले इटालियन सिरिए क्लब इन्टर मिलानको सामना गर्दैछ ।
च्याम्पियन्स लिगको फाइनल खेल आगामी जुन ११ तारिखमा खेलिने छ । एफए कपको फाइनलमा भने म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ । एफए कपको फाइनल खेल आगामी जुन ३ तारिखमा खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण