ओलीले सुझावभन्दा धेरै इगो र कुण्ठा पोख्नुभयो : मेटमणि चौधरी
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवम् पूर्व मन्त्री मेटमणि चौधरीले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्मा सुझाव भन्दा धेरै इगो र कुण्ठा मात्रै पोखेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै चौधरीले १ घण्टा ५५ मिनेट नीति तथा कार्यक्रमका विषयमा प्रवचन मात्रै दिएको बताए ।
‘आजको संसद्मा पूर्व प्रधानमन्त्रीले १ घण्टा ५५ मिनेट लगाएर नेपाल सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमका विषयमा आफ्नो पालामा भए गरेका कामका विषयमा प्रवचन दिनुभयो’ चौधरीले भने, ‘३३ प्रतिशत पनि पूरा नभएको धरहराको उद्घाटन गरेर गर्व गर्नुभयो । सुझावभन्दा धेरै इगो, कुण्ठा पोख्नुभयो, प्रजातन्त्रको नयाँ परिभाषा – समृद्धि र न्यायको जोड हो भन्नुभयो ।’
चौधरीले ओलीको सम्बोधनप्रति यसरी गरे व्यङ्ग्य
यद्यपि उहाँले लोकतन्त्रको विषयमा थप्नुपर्ने वाक्यहरू –
१. नेपालको संविधान र कानुन आफूलाई अनुकूल व्याख्या गर्न पाइने ।
२. सर्वोच्च अदालतले गरेको फैसलालाई उल्लङ्घन गर्न पाइने
३. पूरा हुन नसकेको परियोजनाहरूलाई उद्घाटन गर्न पाइने ।
४. बजेटको व्यवस्था नगरी परियोजनाको शिलान्यास गर्ने ।
५. उपयुक्त परियोजना भन्दा पनि कमिसनको मार्जिन हेरेर परियोजना अगाडि बढाउने ।
६. उहाँले भुटानी शरणार्थीका विषयमा मेरो पालामा भएको हो भनी स्वीकार गर्नुभयो । यो विषयमा मलाई धन्यवाद दिनुपर्दछ समेत जिकिर गर्नुभयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण