शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीले सुझावभन्दा धेरै इगो र कुण्ठा पोख्नुभयो : मेटमणि चौधरी

आइतबार, ०७ जेठ २०८०, १४ : ३४
आइतबार, ०७ जेठ २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवम् पूर्व मन्त्री मेटमणि चौधरीले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्मा सुझाव भन्दा धेरै इगो र कुण्ठा मात्रै पोखेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै चौधरीले १ घण्टा ५५ मिनेट नीति तथा कार्यक्रमका विषयमा प्रवचन मात्रै दिएको बताए । 

‘आजको संसद्मा पूर्व प्रधानमन्त्रीले १ घण्टा ५५ मिनेट लगाएर नेपाल सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमका विषयमा आफ्नो पालामा भए गरेका कामका विषयमा प्रवचन दिनुभयो’ चौधरीले भने, ‘३३ प्रतिशत पनि पूरा नभएको धरहराको उद्घाटन गरेर गर्व गर्नुभयो । सुझावभन्दा धेरै इगो, कुण्ठा पोख्नुभयो, प्रजातन्त्रको नयाँ परिभाषा – समृद्धि र न्यायको जोड हो भन्नुभयो ।’

चौधरीले ओलीको सम्बोधनप्रति यसरी गरे व्यङ्ग्य 

यद्यपि उहाँले लोकतन्त्रको विषयमा थप्नुपर्ने वाक्यहरू –

१. नेपालको संविधान र कानुन आफूलाई अनुकूल व्याख्या गर्न पाइने ।

२. सर्वोच्च अदालतले गरेको फैसलालाई उल्लङ्घन गर्न पाइने 

३. पूरा हुन नसकेको परियोजनाहरूलाई उद्घाटन गर्न पाइने ।

४. बजेटको व्यवस्था नगरी परियोजनाको शिलान्यास गर्ने ।

५. उपयुक्त परियोजना भन्दा पनि कमिसनको मार्जिन हेरेर परियोजना अगाडि बढाउने ।

६. उहाँले भुटानी शरणार्थीका विषयमा मेरो पालामा भएको हो भनी स्वीकार गर्नुभयो । यो विषयमा मलाई धन्यवाद दिनुपर्दछ समेत जिकिर गर्नुभयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप