नक्कली भुटानी शरणार्थी प्रकरण
आङटावाविरुद्ध चार जनाको जाहेरी, जनही ६ लाख रुपैयाँ लिएको आरोप
आइतबार, ०७ जेठ २०८०, १८ : ३०
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आङटावा शेर्पाविरुद्ध चार जनाले प्रहरीमा जाहेरी दिएका छन् । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भनेर शेर्पाले जनही ६/६ लाख रुपैयाँ लिएको पीडितले जाहेरीमा उल्लेख गरेका छन् ।
यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणको नाम जोडिएपछि यसअघि नै पक्राउ परेका केशव दुलाल र सानु भण्डारीलाई शेर्पाले प्रहरी हिरासतमा भेटेका थिए । खाणडको कनेक्सनबारे नबताउन शेर्पाले दुलाल र भण्डारीलाई सुझाव दिएलगत्तै उनी फरार भएका थिए । पछि प्रहरीमा आत्मसमर्पण गरेका शेर्पाविरुद्ध प्रहरीले अनुसन्धान अघि बढाएको थियो । काठमाडौँ जिल्ला प्रहरी परिसर टेकुका प्रवक्ता एसपी सिताराम रिजालका अनुसार उजुरी उपर अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण