बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

लामिछानेको मुद्दामा जन्मदर्तासम्बन्धी कागज मगाउने आदेश

आइतबार, ०७ जेठ २०८०, २१ : ०७
आइतबार, ०७ जेठ २०८०

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीको मुद्दामा पीडित किशोरीको जन्म दर्तासम्बन्धी कागज मगाउने आदेश गरेको छ ।

न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासले आज यसअघि मगाएको कागजमा प्रस्टता नदेखिएको उल्लेख गर्दै पुनः माग गर्ने आदेश गरेको हो । लामिछानेको मुद्दा फैसलाका लागि पेसी चढ्दै आएको छ । लामिछानेविरुद्ध नाम परिर्वतन (गौशाला) ले जबर्जस्ती करणीको जाहेरी दिएकी थिइन् । लामिछानेले नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा १० देखि १२ वर्ष कैद र क्षतिपूर्तिको मुद्दामा गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप