नीति तथा कार्यक्रम पुनरलेखन गरेको इतिहास छैन : सांसद परियार
काठमाडौं । संसदमा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा संशोधनको माग तीव्र भइरहेका बेला सांसद जीवन परियारले भने यस्तो इतिहास नभएको बताए । सोमबार छलफलमा भाग लिएका सांसद परियारले भने, ‘सरकारको नीति तथा कार्यक्रममा छलफल भइराख्दा केहीँ पूर्ववक्ता माननीय सांसदहरुले यो काम छैन, संशोधन गर्नुपर्छ भन्नुभयो । हामीले यस्ता धेरै नीति तथा कार्यक्रमहरु हेरौं, ल्यायौं । धेरै पूर्वप्रधानमन्त्रीहरुले यस्ता नीति तथा कार्यक्रमहरु ल्याए । तर, नीति तथा कार्यक्रम संशोधन भएको कुनै इतिहास छैन ।’
८० प्रतिशत कार्यक्रम पुरानै ल्याएको आरोप लगाउनेहरुलाई सांसद परियारले २० प्रतिशत नयाँ कार्यक्रमले आर्थिक सामाजिक राजनीति र भौतिक पूर्वाधारको विकासमा काम गर्छ भने किन आपत्ति ? भनेर प्रश्न गरेका छन् । आइतबारदेखि जारी नीति तथा कार्यक्रम माथिको छलफलमा हिजो मात्र २० जना सांसदहरुले नीति तथा कार्यक्रम संशोधनको माग राखेका छन् । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त कुनै लक्ष्य, उद्देश्य र गन्त्वय नै भएको भन्दै नीति तथा कार्यक्रमलाई आफ्नो पार्टी समर्थन नगर्ने र अरु सांसदहरुलाई समेत पास गर्न असहयोग गर्न आग्रह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण