नीति तथा कार्यक्रम कन्फ्युजनको सञ्जाल भयो : राजकिशोर यादव
सोमबार, ०८ जेठ २०८०, १४ : ००
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का सांसद राजकिशोर यादवले नीति तथा कार्यक्रम आफैंमा कन्फ्युजनको सञ्जाल भएको टिप्पणी गरेका छन् । सोमबार नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा संसदमा बोल्दै यादवले नीति तथा कार्यक्रमले अहिलेको यथार्थलाई सम्बोधन गर्न नसकेको बताए
‘आजको यथार्थ के भन्नेमा स्पष्ट हुनुपर्छ । समस्याहरु के–के हुन् भन्नेमा उपचार गर्न लाग्नुपर्छ । यहीँबाट हामीले यात्रा तय गर्न सक्नुपर्छ’ यादवले भने, ‘पोलिसीमा डिपाचार नगर्ने, कामहरु टालटुल पाराले गर्ने, अनि नयाँ नेपाल बनाउँछु भनेर गफ गरेर हुँदैन ।’
अहिलेको विश्व अर्थराजनीतिमा देखा परेका समस्या समाधान गर्न सबै सचेत हुनुपर्ने यादवले बताए । ‘हामी ठुलो कुरा गर्छौं । दातृ निकायको स्रोत नलिएर अघि बढ्न सक्ने अवस्था छैन’ यादवले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण