नीति तथा कार्यक्रम कन्फ्युजनको सञ्जाल भयो : राजकिशोर यादव
सोमबार, ०८ जेठ २०८०, १४ : ००

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का सांसद राजकिशोर यादवले नीति तथा कार्यक्रम आफैंमा कन्फ्युजनको सञ्जाल भएको टिप्पणी गरेका छन् । सोमबार नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा संसदमा बोल्दै यादवले नीति तथा कार्यक्रमले अहिलेको यथार्थलाई सम्बोधन गर्न नसकेको बताए
‘आजको यथार्थ के भन्नेमा स्पष्ट हुनुपर्छ । समस्याहरु के–के हुन् भन्नेमा उपचार गर्न लाग्नुपर्छ । यहीँबाट हामीले यात्रा तय गर्न सक्नुपर्छ’ यादवले भने, ‘पोलिसीमा डिपाचार नगर्ने, कामहरु टालटुल पाराले गर्ने, अनि नयाँ नेपाल बनाउँछु भनेर गफ गरेर हुँदैन ।’
अहिलेको विश्व अर्थराजनीतिमा देखा परेका समस्या समाधान गर्न सबै सचेत हुनुपर्ने यादवले बताए । ‘हामी ठुलो कुरा गर्छौं । दातृ निकायको स्रोत नलिएर अघि बढ्न सक्ने अवस्था छैन’ यादवले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
-
विकास निर्माणसँग सम्बन्धित ऐनहरु संशोधन गर्नुपर्छ : अध्यक्ष सिंह
-
यूएईको सम्पूर्ण टोली ‘रिटायर आउट’
-
बागमतीमा आइतबारबाट युवा सम्मेलन
-
भारत–पाकिस्तान संघर्ष चीनका लागि कसरी अवसर बन्दै थियो ?
-
भारत र पाकिस्तानबिचको सैन्य कारबाही रोक्ने निर्णय आपसी सहमतिकै आधारमा भएको दाबी