राप्रपा नेपाल कार्यसम्पादन समितिमा उठ्यो प्रदेश संरचना खारेज गर्ने प्रस्ताव
काठमाडौँ । राप्रपा नेपाल कार्य सम्पादन समितिको बैठकले केन्द्रीय समितिमा प्रस्तुत हुने राजनीतिक कार्यपत्र र प्रतिवेदनहरू अनुमोदन गरेको छ ।
पार्टी अध्यक्ष कमल थापाद्वारा प्रस्तुत "वर्तमान परिस्थिति एवं राप्रपा नेपालको वैचारिक, सांगठनिक तथा रणनीतिक कार्यदिशा र कार्य योजना" , महामन्त्रीहरू भास्कर भद्रा, सुशील श्रेष्ठ ,राजाराम बर्तौला र केशवराज श्रेष्ठद्वारा प्रस्तुत सचिवालय , प्रशिक्षण ,सङ्गठन र युवा स्मार्ट पार्टी निर्माण सम्बन्धी प्रतिवेदन तथा कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनमाथि छलफल गरी केन्द्रीय समितिमा प्रस्तुत गर्न अनुमोदन गरेको हो ।
बैठकले संघीयता मुलुकले धान्न नसक्ने भन्दै केन्द्रमा बलियो सरकार र तल्लो तहमा अधिकार सम्पन्न स्थानीय निकाय भए पुग्ने भएकोले बिचको प्रदेशको संरचना खारेज गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
प्रदेश संरचना खारेज गर्नुपर्ने माग राखेको राप्रपाले पार्टीको प्रदेश कार्यसमिति पनि हटाउनु पर्ने प्रस्ताव गरेको छ। यस बारेमा केन्द्रीय समितिमा विस्तृत छलफल भई निर्णय हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
बैठकले जनवर्गीय सङ्गठन, विभाग र समितिहरूको ६ महिने कार्ययोजनाहरुलाई पनि केन्द्रीय समितिमा प्रस्तुत गर्ने गरी अनुमोदन गरेको छ । राप्रपा नेपालको केन्द्रीय समितिको बैठक भोलि ज्येष्ठ ९ र १० गते काठमाडौँमा बस्दै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण