बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नीति तथा कार्यक्रमलाई खारेज गर्नुपर्ने माग उचित छैन : वामदेव गौतम

सोमबार, ०८ जेठ २०८०, १५ : ५३
सोमबार, ०८ जेठ २०८०

काठमाडौँ । राष्ट्रियसभा सदस्य वामदेव गौतमले संविधानसम्मत प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई खारेज गर्ने र अर्को नीति तथा कार्यक्रम ल्याउन माग गर्नु उचित नभएको बताएका छन् । 

आइतबारको प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रमको पुनः लेखन गरी ल्याउनुपर्ने माग गरेका थिए । साथै संघीय संसद्का दुवै सदनमा नेकपा एमालेका सांसदहरुले नीति तथा कार्यक्रम पुनः लेखन गरी प्रस्तुत गर्नुपर्ने बताइरहेका छन् । 

गौतमले भने नेकपा संवैधानिक रूपमा नीति, कार्यक्रम प्रस्तुत गर्ने अधिकार तात्कालिक सरकारलाई नै हुने भएकाले यस्तो माग जायज नरहेको जिकिर गरे । उनले नीति तथा कार्यक्रममा एक वर्ष भित्र सम्पन्न हुने र ५ वर्षसम्मै लैजान सकिने योजनाहरू अघि सारिएको उल्लेख गरे ।   

गौतमले सरकारको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई चासो दिएको नपाएको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप