ओलीलाई माधवको जवाफ– बाघ बुढो भएपछि फट्याङ्ग्रा टिप्न थाल्छ
काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् सांसद माधवप्रसाद सापकोटा ‘सुवोध’ले बाघ बुढो भएपछि फट्याङ्ग्रा टिप्ने गरेको टिप्पणी गरेका छन् । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा बोल्दै सापकोटाले एमाले अध्यक्ष केपी ओलीले नीति तथा कार्यक्रमको विरोधका लागि विरोध मात्रै गरेको बताए । एमाले अध्यक्ष ओलीले बाघ बुढो भएपनि घास खाँदैन भन्दै चुनौति दिएपछि आज संसदमा जवाफ फर्काउँदै सापकोटाले बाघ बुढो भएपछि फट्याङग्रा टिप्ने गरेको भन्दै व्यंग्य गरे ।
‘हिजो प्रमुख प्रतिपक्ष दलका नेताले हामीलाई २ घण्टा लामो हेडमास्टरी शैलीमा पढाउनुभयो । कार्यक्रम फिर्ता लिनुहोस्, पुनर्लेखन गर्नुहोस् आदि इत्यादि भन्नुभयो । खाली विरोधका लागि विरोध भनेर यी तथ्यहरुले पुष्टी गर्छन्’ सापकोटाले भने, ‘उहाँ (केपी ओली)ले हिजो बाघले घास खाँदैन भन्नुभयो । मेरा हजुरबाले भन्नु भएको हिजो मेरो कानमा गुन्जियो । तन्नेरी हुँदा बाघले घास खाँदैन । तर, बाघ बुढो भएपछि फट्याङग्रा टिप्न थाल्छ ।’
कतै प्रतिपक्ष दलका नेता ओली पनि फट्याङ्ग्रा टिप्न थालेका हुन् ? भन्दै सापकोटाले प्रश्न गरे । एमालेका सांसदहरुप्रति संकेत गर्दै उनले अध्यक्ष ओलीलाई खुसी पार्न ढ्यापढ्याप मात्रै नपार्न आग्रह गरे । ‘तपाईहरु (एमाले सांसद) ले खाली ढ्यापढ्याप गर्दै हुनुहुन्छ यो लोकतन्त्रको हत्या हो । लोकतन्त्रमा नयाँ विचार फैलन दिनुपर्छ । नयाँ विचारहरुलाई प्रस्फुटित हुन दिनुपर्छ । लोकतन्त्र भनेको स्वतन्त्रढंगले फैलने र फूल्ने विचार हो’ सापकोटाले भने, ‘तपाईहरु एक ठाउँमा बसेर डिक्टेट गरेर यो बोल्ने, यो बोलेपछि ढ्यापढ्याप गर्ने सल्लाह गर्नुहुन्छ । झट्ट हेर्दा प्रतिपक्ष सशक्त तयारीको हालतमा जस्तो देखिन्छ । वास्तवमा लोकतन्त्रको हत्या तपाईंहरुले गर्नुभएको छ ।’
उनले एमाले सांसद र कार्यकर्ताहरुलाई आफ्नो नेता ओलीलाई (बालाई) खुसी पार्न लोकतन्त्रलाई कमजोर पार्ने वा आफ्नो बृद्धि विकासका लागि काम गर्ने भन्दै प्रश्न गरे । देश, जनता र आफ्नो वृद्धि विकास गर्न नेतृत्वसँग नजरमा नजर जुधाएर आफ्नो नेतृत्वसँग बहस गर्ने हिम्मत राख्न एमाले सांसदहरुलाई उनले आग्रह गरे । अर्कालाई गाली गरेर र हिलो छ्यापेर आफू सङ्लो हुन नसकिने सापकोटाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण