इमरान खानले पाकिस्तान सरकारको तुलना हिटलरसँग गरे
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले पाकिस्तानको वर्तमान सरकारको तुलना हिटलरसँग गरेका छन् ।
उनले हिटलरले आफ्नो विरोधी कम्युनिस्टलाई दमन गर्नका लागि आगजनीको घटनाको जसरी प्रयोग गरेका थिए पाकिस्तानमा पनि यस्तै भइरहेको बताएका छन् ।
उनले ट्विटरमा एउटा यस्तो तस्बिर सेयर गरेका छन् जसमा २७ फेब्रुअरी १९३३ मा जर्मन संसद्को भवनमा आगलागी भएको लेखिएको छ ।
उनले लेखे, ‘कम्युनिस्टले ठुलो हिंस्रक घटना गराउनका लागि तयारीमा छन् भन्दै नाजी नेतृत्व र यसका सहयोगीहरूले यस घटनालाई आफ्नो फाइदाको लागि प्रयोग गरे । र त्यसपछि उनीहरुले यो रोक्नका लागि आपत्कालीन कानुनको आवश्यकता भएको बताए । यो कानुनको प्रयोग मानिसको संवैधानिक सुरक्षालाई हटाउन गरियो जसका कारण नाजी ताना शाहीका लागि मार्ग प्रशस्त भयो ।’
इमरान खान गत मे ९ मा पाकिस्तानमा पक्राउ परेपछि उनका समर्थकहरूको आक्रोश बढेको थियो । उनका समर्थक धेरै सहरका सडकमा उत्रिएका छन् ।
यी समर्थक विशेष गरी पाकिस्तानी सेनासँग रिसाएका छन् । आक्रोशित भीडले लाहोरस्थित कोर्प्स कमान्डरको घरमा आक्रमण गरेको थियो ।
लाहोर बाहेक रावलपिंडीमा रहेको सेनाको मुख्यालयमा पनि समर्थकहरू प्रवेश गरेका थिए । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले आइतबार मे ९ देशको इतिहासमा कालो दिन भएको बताएका छन् ।
यस विषयमा इमरान खानका धेरै समर्थकलाई पक्राउ गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण