‘दिमाग खराब’ को छायांकन सुरु
काठमाडौँ । निश्चल बस्नेतको निर्देशन रहने फिल्म ‘दिमाग खराब’ को छायांकन सुरु भएको छ । सोमबार काठमाडौँको बुढानीलकण्ठ मन्दिरमा फिल्मको मुहूर्त गर्दै काभ्रेबाट छायांकन सुरु गरेको हो ।
३५दिनको सेड्युलसहित सुरु भएको फिल्म जनता र शक्तिको कथामा बन्नेछ । निर्देशक बस्नेत ६ वर्षपछि निर्देशनमा देखिन लागेका हुन् । बस्नेतले पछिल्लो समय सन् २०१७ ‘लुट २’ निर्देशन गरेका थिए ।
फिल्म रिलिज मिति आगामी कात्तिक २४ बताइएको छ । आकाश बरालको पटकथा लेखन रहेको फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, अर्पण थापा, स्वस्तिमा खड्का र विजय बराल मुख्य भूमिकामा छन् ।
स्वस्तिमाले पहिलो पटक श्रीमान् निश्चल बस्नेतको निर्देशनमा काम गर्न लागेकी हुन् । उनीहरुले आधा दर्जन बढी म्युजिक भिडियो र फिल्म ‘घामड शेरे’मा भने एकसाथ अभिनय गरेका थिए ।
ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्टस्को ब्यानरमा निर्माण कालीप्रसाद बाँस्कोटाको संगीत रहनेछ । फिल्मको निर्मातामा रौनक विक्रम कँडेल र कार्यकारी निर्मातामा सुरज बम ठकुरी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण