ए डिभिजन लिग : आर्मीसँग फ्रेण्ड्स पराजित
काठमाडौँ । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले फ्रेण्ड्स क्लबलाई पराजित गर्दा अर्को खेलमा चर्च ब्वाईजले हिमालयन शेर्पासँग बराबरी खेलेको छ ।
ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको खेलमा आर्मीले फ्रेण्ड्स क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दा चर्च ब्वाईजले हिमालयन शेर्पासँग १–१ गोलको बराबरी खेलेको हो । जितसँगै आर्मी लिग तालिकाको पाँचौ स्थानमा पुगेको छ भने फ्रेण्ड्सलाई रेलिगेशन डर कायमै रहेको छ ।
सोमबार आर्मीलाई जित दिलाउनका लागि जगजित श्रेष्ठले २६ औं मिनेटमा सुरुवाती गोल गरेका थिए । पहिलो हाफमा १–० को अग्रता लिएको आर्मीले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । नवयुग श्रेष्ठले ७५औं मिनेटमा गोल गर्दा सुदिल राईले इन्जुरी समयमा गोल थप्दै टोलीलाई स्पष्ट अंक दिलाउन सफल भएका हुन् । यस जितसँगै आर्मीको २० खेलबाट २९ अंक छ भने पराजित फ्रेण्ड्सको समान २० खेलबाट २१ अंक भएको छ ।
लिग अन्तर्गत सोमवार नै भएको अर्को खेलमा सुरुवाती अग्रता लिएको चर्च ब्वाईजले अग्रता कायम राख्न नसक्दा अंक बाँड्न बाध्य भएको हो । प्रतिष्पर्धात्मक बनेको खेलमा चर्च ब्वाईजका लागि अञ्जन बिष्टले १३औं मिनेटमा गोलको खाता खोलेका थिए । तर अग्रता हिमालय शेर्पाले ३६ औं मिनेटमा तोडिदियो । अबायोमी फाकुन्लेले ३६औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । बाँकी समयमा दुवै टोलीले थप गोलका लागि प्रयास गरेपनि सफल हुन सकेनन् र उपाधि होडमा रहेको चर्च ब्वाईजलाई धक्का लागेको छ । यससँगै चर्च ब्वाइज २० खेलमा ३७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । हिमालयन २० खेलमा २६ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
लिगमा मंगलबार तीन खेल हुनेछन् । पहिलो खेलमा थ्री स्टार र नेपाल पुलिस तथा दोस्रो खेल सातदोबाटो युथ क्लब र खुमलटार युथ क्लबबीच प्रतिष्पर्धा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण