तेक्वान्दोमा राम र सन्ध्या च्याम्पियन
सोमबार, ०८ जेठ २०८०, २० : २६
काठमाडौँ । दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत तेक्वान्दोको पुरुष एकल पुम्सेमा काठमाडौँका राम गोलले स्वर्ण पदक जिते । उनले ६.६३३ अंक जोडे । नुवाकोटका सुजन तामाङ दोस्रो तथा रामेछापका मनोज श्रेष्ठ र ललितपुरका श्रृजल श्रेष्ठ तेस्रो भए ।
सोही स्पर्धाको महिलातर्फ रामेछापकी सन्ध्या लामा ७.६६ अंकसहित शीर्ष स्थानमा रहिन् । दोलखाकी हिमाला अधिकारी दोस्रो तथा सिन्धुपाल्चोककी मेनुका श्रेष्ठ र मकवानपुरकी कविना राई तेस्रो बने ।
हुप्राचौरमा भइरहेको प्रतियोगिताको पेयर पुम्सेमा काठमाडौँले स्वर्ण, रामेछापले रजत तथा काभ्रे र ललितपुरले कांस्य पदक हात पारे । पुरुषतर्फको समूहगत पुम्सेमा काठमाडौँ पहिलो, ललितपुर दोस्रो तथा नुवाकोट र रामेछाप तेस्रो भए । महिला समूहगत पुम्सेमा ललितपुरले स्वर्ण जित्यो । काठमाडौँले रजत तथा सिन्धुपाल्चोक र चितवनले कांस्य जिते ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण