मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

तेक्वान्दोमा राम र सन्ध्या च्याम्पियन

सोमबार, ०८ जेठ २०८०, २० : २६
सोमबार, ०८ जेठ २०८०

काठमाडौँ ।  दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत तेक्वान्दोको पुरुष एकल पुम्सेमा काठमाडौँका राम गोलले स्वर्ण पदक जिते । उनले ६.६३३ अंक जोडे । नुवाकोटका सुजन तामाङ दोस्रो तथा रामेछापका मनोज श्रेष्ठ र ललितपुरका श्रृजल श्रेष्ठ तेस्रो भए ।

सोही स्पर्धाको महिलातर्फ रामेछापकी सन्ध्या लामा ७.६६ अंकसहित शीर्ष स्थानमा रहिन् । दोलखाकी हिमाला अधिकारी दोस्रो तथा सिन्धुपाल्चोककी मेनुका श्रेष्ठ र मकवानपुरकी कविना राई तेस्रो बने ।

हुप्राचौरमा भइरहेको प्रतियोगिताको पेयर पुम्सेमा काठमाडौँले स्वर्ण, रामेछापले रजत तथा काभ्रे र ललितपुरले कांस्य पदक हात पारे । पुरुषतर्फको समूहगत पुम्सेमा काठमाडौँ पहिलो, ललितपुर दोस्रो तथा नुवाकोट र रामेछाप तेस्रो भए । महिला समूहगत पुम्सेमा ललितपुरले स्वर्ण जित्यो । काठमाडौँले रजत तथा सिन्धुपाल्चोक र चितवनले कांस्य जिते ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप