प्रतिनिधिसभामा एमाले सचेतक महेश बर्तौला : सरकारको आँखा र कान छ कि छैन ?
काठमाडौँ । नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारको पशु चौपायामा लाग्ने लम्पी स्कीन रोगका कारण किसान मारमा परे पनि सरकारले बेवास्ता गरेको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गदै उनले मकवानपुरमा २ सय भन्दा बढी गाईहरू यो रोगबाट मरिसके पनि सरकाको ध्यान नपुगेको बताए ।
उनले भने -'सरकारको आँखा र कान छ भने पटक पटक सो संसदमा लम्पी स्कीन रोगका बारेमा पटक पटक माननीयज्यूहरुले कुरा राख्नुभयो, मैले पनि पटक पटक विषय राखेँ । मकवानपुरमा २ सय भन्दा बढी गाईहरू यो रोगबाट मरिसके । ५ हजारभन्दा बढी गाईहरू सङ्क्रमित छन् । देशका धेरै भागहरूमा यसको असर छ । पटक पटक भनियो, सरकार देख्दैन, सरकार सुन्दैन ।'
उनले यो समस्या समाधानमा, पीडित गाईपालक किसानलाई राहत र क्षतिपूर्ति दिन सरकारसँग माग गरे ।
उनले भने -'भीषण असिनापानीका कारण मकवानपुरगढी गाउँपालिकाका सबै वडाहरूमा तरकारी बाली अन्नबाली तहस नहस भएको छ, जनताका घरहरू चाल्नोजस्तो प्वालै प्वाल परेको छ ।’ उनले क्षतिको सङ्कलन गरेर क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्र प्रहरीका ७१ जना डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
-
चेतना पौडेलको गिरफ्तारी प्राकृतिक चिकित्सामाथिको प्रहार भएको संघको दाबी
-
यूएस ओपन मार्सल आर्ट्स च्याम्पियनसिपमा सुमनलाई कांस्य पदक
-
शारीरिक सुगठनमा विनुलाई दोहोरो पदक
-
विप्लव समूहबाट बाहिरिएका नेताहरूको नेतृत्वमा नेकपा पुनर्गठन, रुपन्देहीमा शरद वली इन्चार्ज
-
परराष्ट्रको १०० दिनः राजदूतका लागि विज्ञापनदेखि प्रधानमन्त्रीको सामूहिक भेटसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण