बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभामा एमाले सचेतक महेश बर्तौला : सरकारको आँखा र कान छ कि छैन ?

मङ्गलबार, ०९ जेठ २०८०, ११ : ५३
मङ्गलबार, ०९ जेठ २०८०

काठमाडौँ ।  नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारको पशु चौपायामा लाग्ने लम्पी स्कीन रोगका कारण किसान मारमा परे पनि सरकारले बेवास्ता गरेको बताएका छन् । 

मंगलबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गदै उनले मकवानपुरमा २ सय भन्दा बढी गाईहरू यो रोगबाट मरिसके पनि सरकाको ध्यान नपुगेको बताए । 

उनले भने -'सरकारको आँखा र कान छ भने पटक पटक सो संसदमा लम्पी स्कीन रोगका बारेमा पटक पटक माननीयज्यूहरुले कुरा राख्नुभयो, मैले पनि पटक पटक विषय राखेँ । मकवानपुरमा २ सय भन्दा बढी गाईहरू यो रोगबाट मरिसके । ५ हजारभन्दा बढी गाईहरू सङ्क्रमित छन् । देशका धेरै भागहरूमा यसको असर छ । पटक पटक भनियो, सरकार देख्दैन, सरकार सुन्दैन ।' 

उनले यो समस्या समाधानमा, पीडित गाईपालक किसानलाई राहत र क्षतिपूर्ति दिन सरकारसँग माग गरे । 

उनले भने -'भीषण असिनापानीका कारण मकवानपुरगढी गाउँपालिकाका सबै वडाहरूमा तरकारी बाली अन्नबाली तहस नहस भएको छ, जनताका घरहरू चाल्नोजस्तो प्वालै प्वाल परेको छ ।’ उनले क्षतिको सङ्कलन गरेर क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप