सिके राउतले बोलाए केन्द्रीय समितिको बैठक
काठमाडौँ । डा.सिके राउत नेतृत्वको जनमत पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । सरकार, गठबन्धन, सङ्गठन निर्माणलगायत अन्य समसामयिक राजनीतिक विषयमा छलफलका लागि जेठ १२ गतेका लागि सो बैठक बोलाइएको हो ।
जनमत पार्टीका सचिव अनिता साहले पार्टी सङ्गठन विस्तार तथा सुदृढीकरण, देशको समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि बैठक बोलाएको बताइन् । जनमत पार्टीले केन्द्रीय सरकारबाट आफ्नो मन्त्री फिर्ता बोलाई सकेको छ । तर सरकारलाई दिएको समर्थन कायमै राखेको छ । केन्द्रमा मन्त्रालय बाँडफाँड भइसकेका हुनाले अब सरकारमा जाने सम्भावना देखिएको छैन ।
उता, मधेस प्रदेश सरकारमा पनि त्यहाँका जसपाका मुख्यमन्त्री सरोज यादवले जनमतलाई दिएको कृषि मन्त्रालय खोसेर विना विभागीय बनाएका छन् । मधेस सरकारमा जनमत पार्टीले दुईवटा मन्त्रालय पाएको थियो । हिजो मात्रै जनमत पार्टी लुम्बिनी प्रदेश सरकारमा सहभागी भएको छ ।
यी सबै विषयवस्तुको विषयमा केन्द्रीय समितिमा छलफल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण