सिके राउतले बोलाए केन्द्रीय समितिको बैठक

काठमाडौँ । डा.सिके राउत नेतृत्वको जनमत पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । सरकार, गठबन्धन, सङ्गठन निर्माणलगायत अन्य समसामयिक राजनीतिक विषयमा छलफलका लागि जेठ १२ गतेका लागि सो बैठक बोलाइएको हो ।
जनमत पार्टीका सचिव अनिता साहले पार्टी सङ्गठन विस्तार तथा सुदृढीकरण, देशको समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि बैठक बोलाएको बताइन् । जनमत पार्टीले केन्द्रीय सरकारबाट आफ्नो मन्त्री फिर्ता बोलाई सकेको छ । तर सरकारलाई दिएको समर्थन कायमै राखेको छ । केन्द्रमा मन्त्रालय बाँडफाँड भइसकेका हुनाले अब सरकारमा जाने सम्भावना देखिएको छैन ।
उता, मधेस प्रदेश सरकारमा पनि त्यहाँका जसपाका मुख्यमन्त्री सरोज यादवले जनमतलाई दिएको कृषि मन्त्रालय खोसेर विना विभागीय बनाएका छन् । मधेस सरकारमा जनमत पार्टीले दुईवटा मन्त्रालय पाएको थियो । हिजो मात्रै जनमत पार्टी लुम्बिनी प्रदेश सरकारमा सहभागी भएको छ ।
यी सबै विषयवस्तुको विषयमा केन्द्रीय समितिमा छलफल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यरातमा भारतद्वारा पाकिस्तानमा 'एयर स्ट्राइक', ९ स्थानलाई लक्षित
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म