बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

आफूलाई राम्रो कुक मान्दिनन् प्रियंका : भनिन्, ‘बुवाले सधैँ भान्सामा जान रोक्नुभयो, खाना बनाउन सिकिनँ’

मङ्गलबार, ०९ जेठ २०८०, १४ : ५९
मङ्गलबार, ०९ जेठ २०८०

प्रियंका चोपडा अहिले आफ्नो वेब सिरिज सिटाडेलका कारण चर्चामा छिन् । यसैबीच, हालै अभिनेत्री एक कार्यक्रममा पुगेकी थिइन् जहाँ उनले ३ वटा परिकार बनाइन् । तीमध्ये एउटा यस्तो परिकार थियो, जुन प्रियंकालाई सानैदेखि मनपर्थ्यो । त्यो हो स्टफ्ड अमलेट । प्रियंकाले उक्त खाना उनका पिता आकाश चोपडाले बनाउँथे भनेर सम्झिइन् ।

प्रियंकाले भनिन्, ‘भारतीय नास्ता मलाई असाध्यै मनपर्छ’

भोगको सो नाउ सर्भिङको पछिल्लो भागमा प्रियंकाले उक्त परिकार बनाएकी थिइन् । उक्त परिकार बनाउँदै गर्दा प्रियंकाले भनिन्, ‘स्टफ्ड अमलेट चोपडा परिवारको परम्परागत रेसिपी थियो । म सानो छँदा मेरो बुबाले हरेक आइतबार यो बनाउनुहुन्थ्यो । भारतीय नास्ता मलाई असाध्यै मनपर्छ । मलाई राम्रो पराठा, राम्रो डोसा मनपर्छ । अण्डा सधैँ राम्रो ब्रेकफास्ट हो ।’

priyanka chopra1मेरो खाना पकाउने सीप राम्रो छैन, बुबा भान्सामा जान रोक्नुहुन्थ्यो

चोपडा परिवारको परम्परागत रेसिपी बनाउँदै प्रियंकाले भनिन्, ‘मलाई सबै प्रकारका खानेकुरा मनपर्छ, तर बनाउनमा म त्यति अब्बल छैन । मेरो खाना पकाउने सीप साँच्चै राम्रो छैन । यद्यपि, यो कुरालाई साइडमा नै राखौँ ।’

प्रियंकाका अनुसार उनका बुवाले उनलाई भान्सामा जान रोक्ने गर्दथे किनभने खाना बनाउने काम महिलाको मात्रै हो भन्ने कुरामा उनी विश्वास नै गर्दैनथे । उनी भन्छिन्, ‘मेरो बुवा यस्तो खालको सोचको कडा विरोधी हुनुहुन्थ्यो ।’

priyanka chopraम भान्सामा जाँदा ‘तिमी यहाँ के गरिरहेकी छौ’ भन्नुहुन्थ्यो

प्रियंकाले थपिन्, ‘मेरो बुवा एक रूढिवादी परिवारमा हुर्किनुभएकाे थियाे । जहाँ धेरैजसो केटीलाई सधैँ यो महसुस हुन्थ्यो कि उनीहरू भान्सामा नै बस्नुपर्छ । यो एक सामाजिक दबाब पनि थियो । तर मेरो बुवाले म यसरी हुर्कियोस् भन्ने चाहनुहुँदैनथ्यो । त्यसैले उहाँले सधैँ मलाई भान्सामा जानबाट रोक्नुभयो । म भान्सामा जाने बित्तिकै उहाँले ‘तिमी यहाँ किन ’ भनेर प्रश्न गर्नुहुन्थ्यो । त्यसैले मैले खाना बनाउन कहिल्यै सिकिनँ । ’

बाल्यकालको किस्सा साझा गर्दै गर्दा उनले तरकारी पनि काटिन् । आफ्नो वेब सिरिजबारे कुरा गर्दै प्रियंकाले ठट्यौली पारामा भनिन्, ‘त्यो सोमा चक्कुको अर्थ छुट्टै थियो ।’ स्मरण रहोस्, सिटाडेलमा प्रियंका चोपडाले एक जासुसको भूमिका निभाइरहेकी छिन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप