विवादका बीच मधेस प्रदेशका नवनियुक्त तीन जना मन्त्रीले लिए शपथ

जनकपुरधाम । जसपा नेतृत्वको मधेस प्रदेश मन्त्रिपरिषद् विस्तार भएको छ । माओवादी केन्द्रसहितका दलको असन्तुष्टिका बीच मुख्यमन्त्री सरोज यादवले नेपाली कांग्रेसका दुई र नेकपा एकीकृत समाजवादीका एकजनालाई मन्त्री नियुक्त गर्दै प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।
प्रदेश सरकारमा कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्रीका रूपमा कृष्णा प्रसाद यादव र स्वास्थ्य मन्त्रीको रूपमा विरेन्द्र प्रसाद सिंहले शपथ लिएका छन् । यस्तै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीका रूपमा नेकपा एसबाट गोबिन्द बहादुर न्योपानेले शपथ लिएका छन् ।
नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले मधेस भवनमा शपथ गराएका हुन् ।
यसैबीच मन्त्रालय भागबण्डामा असन्तुष्टि जनाउँदै माओवादी केन्द्रले भने मन्त्रीलाई फिर्ता बोलाएको छ ।
माओवादी केन्द्र मधेस प्रदेशका दलका नेता भरत प्रसाद साहले पार्टीले मन्त्रीलाई फिर्ता बोलाएको र अब सरकारलाई दिएको समर्थन फिर्ता लिइने बताए ।
जसपा नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट उद्योग वन तथा पर्यटन मन्त्री सुनिता यादव र राज्यमन्त्रीमा रहवर अन्सारी सहभागी थिए ।
मधेसको मन्त्रिपरिषद् विस्तार हुँदा जनमत पार्टी र लोसपा पनि असन्तुष्ट बनेको छ । जनमतका मन्त्रीले यसअघि सम्हाल्दै आएको मन्त्रालय नै मुख्यमन्त्रीले खोसिदिएर विना विभागीय बनाइदिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जिप दुर्घटना हुँदा दुई जना घाइते
-
हेटौँडामा ‘प्रदेश स्पोर्टस अवार्ड’ : ८ विधाका १२ जना पुरस्कृत हुने
-
नेपालका पूर्वी र मध्य क्षेत्रमा एकैपटक गयो बिजुली, के हाे कारण ?
-
निर्मला पन्त प्रकरण : पत्रकार खेम भण्डारीलाई एक महिना कैद, एक लाख क्षतिपूर्तिको सजाय
-
काठमाडौँबाट माइक्रो बस चोरी, धादिङबाट समातिए
-
‘यो संविधानले मध्यम वर्गको समेत रक्षा गर्न सकेको छैन’