विवादका बीच मधेस प्रदेशका नवनियुक्त तीन जना मन्त्रीले लिए शपथ
जनकपुरधाम । जसपा नेतृत्वको मधेस प्रदेश मन्त्रिपरिषद् विस्तार भएको छ । माओवादी केन्द्रसहितका दलको असन्तुष्टिका बीच मुख्यमन्त्री सरोज यादवले नेपाली कांग्रेसका दुई र नेकपा एकीकृत समाजवादीका एकजनालाई मन्त्री नियुक्त गर्दै प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।
प्रदेश सरकारमा कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्रीका रूपमा कृष्णा प्रसाद यादव र स्वास्थ्य मन्त्रीको रूपमा विरेन्द्र प्रसाद सिंहले शपथ लिएका छन् । यस्तै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीका रूपमा नेकपा एसबाट गोबिन्द बहादुर न्योपानेले शपथ लिएका छन् ।
नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले मधेस भवनमा शपथ गराएका हुन् ।
यसैबीच मन्त्रालय भागबण्डामा असन्तुष्टि जनाउँदै माओवादी केन्द्रले भने मन्त्रीलाई फिर्ता बोलाएको छ ।
माओवादी केन्द्र मधेस प्रदेशका दलका नेता भरत प्रसाद साहले पार्टीले मन्त्रीलाई फिर्ता बोलाएको र अब सरकारलाई दिएको समर्थन फिर्ता लिइने बताए ।
जसपा नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट उद्योग वन तथा पर्यटन मन्त्री सुनिता यादव र राज्यमन्त्रीमा रहवर अन्सारी सहभागी थिए ।
मधेसको मन्त्रिपरिषद् विस्तार हुँदा जनमत पार्टी र लोसपा पनि असन्तुष्ट बनेको छ । जनमतका मन्त्रीले यसअघि सम्हाल्दै आएको मन्त्रालय नै मुख्यमन्त्रीले खोसिदिएर विना विभागीय बनाइदिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण