सत्ता राजनीति : केन्द्रमा जसपालाई प्रचण्डको रेड कार्पेट, मधेसमा भाँडभैलो
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपालाई पूर्वसहमतिअनुसारको मन्त्रालय दिएर स्वागत गरेका छन् ।
प्रचण्डले वन तथा वातावरण मन्त्रीमा वीरेन्द्र प्रसाद महतोलाई नियुक्त गरे । यस्तै शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमिला कुमारी नियुक्त भइन् ।
राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसअनुसार संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्री नियुक्त गरेर कार्यभार तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि जसपाबाटै अशोक राई शिक्षामन्त्री भइसकेका छन् । केन्द्रमा यादवको मागअनुसार नै प्रचण्डले मन्त्रालय दिएर सरकारमा स्वागत गरेका छन् ।
तर, जसपाको नेतृत्व रहेको मधेस प्रदेशमा भने माओवादी चिढिन पुगेको छ । मन्त्रालय भागबण्डामा जसपा र सो पार्टीबाट मुख्यमन्त्री बनेका सरोज कुमार यादवले मनपरी गरेको भन्दै माओवादी चिढिन पुगेको हो ।
यादवले पर्याप्त छलफलबिनै मंगलबार कांग्रेस र एकीकृत समाजवादी पार्टीबाट मन्त्री बनाएपछि माओवादी चिढिन पुगेको हो ।
माओवादीले मधेस प्रदेश सरकारबाट आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय नै गरिसकेको छ ।
माओवादी केन्द्र मधेस प्रदेशका दलका नेता भरत प्रसाद साहले पार्टीले मन्त्रीलाई फिर्ता बोलाएको र अब सरकारलाई दिएको समर्थन फिर्ता लिइने बताए ।
जसपा नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट उद्योग वन तथा पर्यटन मन्त्री सुनिता यादव र राज्यमन्त्रीमा रहवर अन्सारी सहभागी थिएन् ।
मधेसमा गठबन्धनमा आबद्ध दलमध्ये माओवादीसँगै जनमत, लोसपा पनि चिढिएको छ । सो दल थप रणनीति बनाउन छलफलमा जुटेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण