सत्ता राजनीति : केन्द्रमा जसपालाई प्रचण्डको रेड कार्पेट, मधेसमा भाँडभैलो

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपालाई पूर्वसहमतिअनुसारको मन्त्रालय दिएर स्वागत गरेका छन् ।
प्रचण्डले वन तथा वातावरण मन्त्रीमा वीरेन्द्र प्रसाद महतोलाई नियुक्त गरे । यस्तै शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमिला कुमारी नियुक्त भइन् ।
राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसअनुसार संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्री नियुक्त गरेर कार्यभार तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि जसपाबाटै अशोक राई शिक्षामन्त्री भइसकेका छन् । केन्द्रमा यादवको मागअनुसार नै प्रचण्डले मन्त्रालय दिएर सरकारमा स्वागत गरेका छन् ।
तर, जसपाको नेतृत्व रहेको मधेस प्रदेशमा भने माओवादी चिढिन पुगेको छ । मन्त्रालय भागबण्डामा जसपा र सो पार्टीबाट मुख्यमन्त्री बनेका सरोज कुमार यादवले मनपरी गरेको भन्दै माओवादी चिढिन पुगेको हो ।
यादवले पर्याप्त छलफलबिनै मंगलबार कांग्रेस र एकीकृत समाजवादी पार्टीबाट मन्त्री बनाएपछि माओवादी चिढिन पुगेको हो ।
माओवादीले मधेस प्रदेश सरकारबाट आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय नै गरिसकेको छ ।
माओवादी केन्द्र मधेस प्रदेशका दलका नेता भरत प्रसाद साहले पार्टीले मन्त्रीलाई फिर्ता बोलाएको र अब सरकारलाई दिएको समर्थन फिर्ता लिइने बताए ।
जसपा नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट उद्योग वन तथा पर्यटन मन्त्री सुनिता यादव र राज्यमन्त्रीमा रहवर अन्सारी सहभागी थिएन् ।
मधेसमा गठबन्धनमा आबद्ध दलमध्ये माओवादीसँगै जनमत, लोसपा पनि चिढिएको छ । सो दल थप रणनीति बनाउन छलफलमा जुटेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज
-
सेती नदीमा हाम फालेका युवकको सशस्त्र प्रहरीले गर्यो उद्दार
-
नेपाली उत्पादनको निर्यात प्रवर्द्धन हुने गरी बजेटमा सम्बोधन हुनुपर्छ : अध्यक्ष ढकाल
-
१० बजे १० समाचार : रवीन्द्र मिश्रलाई राहतदेखि छवि र रविको मुद्दा हेर्दाहेर्दैमासम्म
-
आठ महिनामै अरुणिमा र युवराजको सम्बन्ध विच्छेद
-
एकापसमा भिड्दै ‘के घर के डेरा : घर नं. २’, ‘हेल्लो काँशीराम’ र ‘फाइनल डेस्टिनेसन’