‘मिडियामा भाइरल हुन नर्स पेसामाथि दाग लाग्ने कुरा गर्न पाइँदैन’
काठमाडौँ । अस्पतालहरूमा कामको सुनिश्चितता र कार्यभार कम गर्न माग गर्दै नर्सहरूले धर्ना दिएका छन् । मंगलबार काठमाडौँको माइतीघर मण्डलामा विभिन्न अस्पतालहरूमा कार्यरत नर्सहरूले अस्पतालमा गर्नुपर्ने कामको सुनिश्चितता र कार्यभार कम गर्न माग गर्दै सोमवारदेखि शान्तिपूर्ण धर्नामा बसेका हुन् । आज पनि धर्ना कार्यक्रमलाई जारी राखेका हुन् ।

उनीहरूले न्यून तलबमा क्षमता भन्दा पनि बढी बिमारीहरूको हेरचाह गर्दा समेत कामको मूल्याङ्कन गर्नुपर्ने माग राखेका छन् । धर्नामा सहभागी नर्स दीपा गिरीले सरकारले नर्सहरूको कार्यभार कम गरी कामको निश्चित सीमा कायम गर्नु पर्ने प्रमुख माग रहेको बताइन् । न्यून तलबमा क्षमता भन्दा बढी बिरामीको हेरचाह गरे पनि कामको मूल्याङ्कन हुन छोडेको उनको भनाई थियो ।
गिरीले पछिल्लो समय नर्सहरू सुरक्षित रूपमा काम गर्ने वातावरण नभएको भन्दै सामाजिक सञ्जालमा नर्सहरूमाथि हुने टीकाटिप्पणी रोकिनुपर्ने बताइन् । उनले नर्स पेसालाई राज्यले अमर्यादित बनाउनबाट रोक्नुपर्ने जिकिर गरिन् । उनले अस्पतालमा एक जना नर्सले बिमारी हर्ने चाप कम गर्नुपर्ने पनि माग गरिन् ।

धर्नामा बस्ने नर्सहरूले कार्य क्षेत्रमा सुरक्षाको प्रत्याभूति गराइयोस्,गल्ती देख्नेहरूले हाम्रो राम्रो काम पनि देखोस्,मिडियामा भाइरल हुन नर्स पेसामाथि दाग लाग्ने कुरा गर्न पाइँदैन,व्यक्ति गलत होला तर नर्सिङ पेसा गलत छैन भन्ने जस्ता प्लेकार्डसहित धर्नामा बसेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती प्रधानमन्त्रीले राजीनामा दिने चर्चा
-
बाँदरकै बारेमा विद्यावारिधि गरेका विज्ञलाई प्रश्न– नेपालमा बाँदर नियन्त्रणका लागि के गर्न सकिन्छ ?
-
इजरायली आक्रमणमा अल जजिराका क्यामेरा म्यानसहित ६ जनाको मृत्यु
-
ट्युनिसियाविरुद्ध जापानको सानदार जित
-
रास्वपा महाधिवेशनमा आउन थाले नेता कार्यकर्ता, तस्बिरहरू
-
सुनिता डङ्गोल इजरायल प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण