टीभीएस विक्रेता युनिराइड बन्यो ‘स्पेयर पार्ट्स च्याम्पियन अफ द इयर २०२३’
काठमाडौं । टीभीएसको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सको बिक्रेता युनिराइड अटो महालक्ष्मी स्थानले ‘स्पेयर पार्ट्स च्याम्पियन अफ द इअर २०२३’ अवार्ड जितेको छ । जगदम्बा मोटर्सद्वारा आयोजित डिलर मिटकोे अवसरमा युनिराइडलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ता र टीभीएसका कन्ट्री म्यानेजर हर्ष टण्डनले युनिराइडका प्रबन्ध निर्देशक निर्मल सिग्देललाई अवार्ड प्रदान गरेका हुन् ।
उत्कृष्ट नतिजासहित वर्षेनी टीभीएसको अवार्ड जित्न सफल हुँदा गौरव महसुस भएको सिग्देलले बताए । युनिराइडले गत वर्षहरुमा पनि अवार्डहरु जित्दै आएको थियो । ‘ह्याट्रिक गर्दै वर्षेनी अवार्ड प्राप्त हुँदा थप जिम्मेवारी बोध भएको छ,’ सिग्देलले भने, ‘यो अवसरका लागि जगदम्बा मोटर्स र युनिराइड टिमप्रति आभारी छु ।’
सोल्टी होटलमा आयोजित कार्यक्रममा जगदम्बा मोटर्सले डिलरहरुलाई अवार्ड वितरण गरेको हो । सो अवसरमा अन्य विधामा समेत डिलरहरु पुरस्कृत भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण