सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

बुधबार, १० जेठ २०८०, ०७ : ५८
बुधबार, १० जेठ २०८०

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज पनि बस्दैछ। बुधबार बिहान साढे ८ बजे सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार मन्त्रिपरिषद् बैठकमा नियमित कार्यसूचीमाथि छलफल हुने छ । मंगलबार सरकारले पूर्णता पाएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । तर, नवनियुक्त मन्त्रीहरू आजको मन्त्रिपरिषद बैठकमा सहभागी हुन पाउने छैनन् ।

जसपाबाट वीरेन्द्रप्रसाद महतो वन तथा वातावरण र  प्रमिला कुमारी शिक्षा राज्यमन्त्री मंगलबार नियुक्त भएका थिए । उनीहरुले आजै साढे ९ बजे राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिँदैछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप