सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै
बुधबार, १० जेठ २०८०, ०७ : ५८
काठमाडौं । मन्त्रिपरिषद् बैठक आज पनि बस्दैछ। बुधबार बिहान साढे ८ बजे सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार मन्त्रिपरिषद् बैठकमा नियमित कार्यसूचीमाथि छलफल हुने छ । मंगलबार सरकारले पूर्णता पाएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । तर, नवनियुक्त मन्त्रीहरू आजको मन्त्रिपरिषद बैठकमा सहभागी हुन पाउने छैनन् ।
जसपाबाट वीरेन्द्रप्रसाद महतो वन तथा वातावरण र प्रमिला कुमारी शिक्षा राज्यमन्त्री मंगलबार नियुक्त भएका थिए । उनीहरुले आजै साढे ९ बजे राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिँदैछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण