बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सरकारको नीति तथा कार्यक्रममा दिगो विकासको लक्ष्यबारे केही आएन : गोकर्ण विष्ट

बुधबार, १० जेठ २०८०, १२ : ५८
बुधबार, १० जेठ २०८०

काठमाडौँ । नेकपा एमालेका सांसद गोकर्ण विष्टले सरकारको नीति तथा कार्यक्रमले दिगो विकासका लक्ष्यका कुराहरूलाई समावेश नगरेको बताएका छन् ।  प्रतिनिधिसभा बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा उनले विगतमा सरकारले कार्यक्रमलाई पनि नसमेटिएको बताए । 

सांसद विष्टले भने– ‘आवधिक योजनाको यो अन्तिम वर्ष हो । १५ औँ योजनाको  योजना हो । १५ औँ योजनाको दीर्घकालीन सोच, लक्ष, राष्ट्रिय रणनीति रूपान्तरणको प्रमुख संवाहक, दीर्घकालीन लक्ष्यका परिणामहरूसँग यसको कुनै सङ्गति र साइनो देखिँदैन । संयुक्त राष्ट्रसङ्घले सन् २०१५ मा विश्वमा दिगो विकासको लक्ष्य उल्लेख गरेको छ । सहभागिता, समावेशी र अधिकारमुखी विकासको प्रक्रिया मार्फत गरिबी र भोकमरीको अन्त्य गर्ने शिक्षा र रोजगारीमा सबैको पहुँच पुर्‍याउने केही महत्त्वपूर्ण कुराहरूलाई सन् २०१६ देखि २०३० सम्म दिगो विकास लक्ष्य घोषणा गरेको छ ।’

सरकारले यसबारे २०७४ सालको नीति तथा कार्यक्रममा समावेश गरे पनि त्यसले निरन्तरता नपाएको उल्लेख गरे ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप