सरकारको नीति तथा कार्यक्रममा दिगो विकासको लक्ष्यबारे केही आएन : गोकर्ण विष्ट
काठमाडौँ । नेकपा एमालेका सांसद गोकर्ण विष्टले सरकारको नीति तथा कार्यक्रमले दिगो विकासका लक्ष्यका कुराहरूलाई समावेश नगरेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा उनले विगतमा सरकारले कार्यक्रमलाई पनि नसमेटिएको बताए ।
सांसद विष्टले भने– ‘आवधिक योजनाको यो अन्तिम वर्ष हो । १५ औँ योजनाको योजना हो । १५ औँ योजनाको दीर्घकालीन सोच, लक्ष, राष्ट्रिय रणनीति रूपान्तरणको प्रमुख संवाहक, दीर्घकालीन लक्ष्यका परिणामहरूसँग यसको कुनै सङ्गति र साइनो देखिँदैन । संयुक्त राष्ट्रसङ्घले सन् २०१५ मा विश्वमा दिगो विकासको लक्ष्य उल्लेख गरेको छ । सहभागिता, समावेशी र अधिकारमुखी विकासको प्रक्रिया मार्फत गरिबी र भोकमरीको अन्त्य गर्ने शिक्षा र रोजगारीमा सबैको पहुँच पुर्याउने केही महत्त्वपूर्ण कुराहरूलाई सन् २०१६ देखि २०३० सम्म दिगो विकास लक्ष्य घोषणा गरेको छ ।’
सरकारले यसबारे २०७४ सालको नीति तथा कार्यक्रममा समावेश गरे पनि त्यसले निरन्तरता नपाएको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण