जलनका घटनाका विषय पाठ्यपुस्तकमा राखौँ : चन्द्र भण्डारी
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले आगलागी जलनका घटनाबारे पाठ्यपुस्तकमा राख्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा आफू गत पौष ३ गते आगलागीमा परेका घटनाको बारेमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
सांसद भण्डारीले भने,‘मैले जस्तो घटना धेरै नेपालीले भोगिरहनु परेको छ । गत वर्ष ११० जनाले मृत्युवरण गर्नुभएको थियो । अहिलेको वर्षमा एक दुई दिन बाहेक मेरो आमा थपिँदा १११ पुगेको थियो । यो जलन केश देशभरि फैलिएको छ । हामीले जसरी विज्ञानको विकास गर्यौँ, गाउँ गाउँमा ग्याँस पुग्यो, गाउँ गाउँमा बिजुली पुग्यो, गाउँ गाउँमा बस पुग्यो गाडीहरू गए । तर हामीले के गर्नु हुन्छ के गर्नु हुँदैन हामीले पाठ्यपुस्तकमा पनि राख्न सकेनौँ ।’
उनले स्कुल जाँदा बाटो कसरी काट्ने वा ग्यास कसरी बाल्ने वा बिजुली कसरी बाल्ने भनेर अरु देशमा बच्चाले किताबमा पढ्न पाउने बताउँदै हाम्रा विज्ञहरू, पाठ्यक्रम निर्माताहरू कसैलाई पनि यसबारेमा ध्यान नदिएको उनले बताए ।
उनले सबैले ठूला ट्रक र डोजरहरु नदीको किनारमा देख्ने तर आफ्ना मतदाता देख्न नसक्ने प्रवृत्ति रहेको बताए ।
उनले भने,‘नदीको किनारमा एउटा गरिब मान्छेले बालुवा चालेको र गिट्टी कुटेको कुरा देखिँदैन । त्यही मानिसले भोट दिएर हाम्रो पहिचान बनाएको छ । त्यही मान्छेले भोट दिएर हामीलाई यहाँ आएर बोल्ने बनाएको छ । तर हामीले डोजर धेरै देख्छौँ जसले बालुवा धेरै उठाउन सक्छ । तर जसले हामीलाई मत दिन्छ उनीहरूलाई हामी देख्न सक्दैनौँ । यो अवस्था नेपालभर भयो र त्यसको सिकार हामीपनि भयौँ ।’
उनले अरु देशको तुलनामा नेपालका स्वास्थ्यकमीहरु क्षमताका हिसाबले अरु देशको भन्दा कम नभएको उल्लेख गरे । उनले नेपालको कीर्तिपूरमा रहेको बर्न हस्पिटल र साँखुमा रहेको सुष्मा कोइराला मेमोरियल अस्पताललाई स्तरोन्नति गरेर एसियास्तरको अस्पताल बनाउन सकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण