लोककल्याणकारी विज्ञापन नरोकिने
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले लोककल्याणकारी विज्ञापन नरोकिने स्पष्ट पारेकी छन् । मन्त्रीको तर्फबाट सञ्चार विज्ञ नरेन्द्र केसीले बुधबार जारी गरेको विज्ञप्तिमा चालु आर्थिक वर्षको विनियोजित रकम अपुग हुन गएकाले यसका लागि थप रकमको व्यवस्था गरिने र विज्ञापन वितरण कार्यक्रम निरन्तर हुने स्पष्ट पारेका हुन् ।
जेठ ९ गते पत्रकार महासंघको ज्ञापनपत्र बुझ्दै पनि मन्त्री शर्माले लोककल्याणकारी विज्ञापन रोक्ने सरकारको कुनै नीति नरहेको र नरोकिने प्रतिबद्धता व्यक्त गरिसकेको केसीले स्मरण गराएका छन् ।
‘२०८० जेठ ९ गते महासंघको ज्ञापनपत्र बुझ्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माज्यूले लोककल्याणकारी विज्ञापन रोक्ने सरकारको कुनै नीति नरहेको र नरोकिने प्रतिबद्धता व्यक्त गरिसक्नुभएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘चालु आर्थिक वर्षको विनियोजित रकम अपुग हुन गएकाले यसका लागि थप रकमको व्यवस्था गरिने र आगामी दिनमा लोककल्याणकारी विज्ञापन वितरण कार्यक्रम निरन्तर हुने मन्त्रीज्यूले स्पष्ट गरिसक्नुभएको ब्यहोरा सम्बद्ध सबैमा अनुरोध गर्न चाहन्छु ।’
विज्ञप्तिमा नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेश समितिले लोककल्याणकारी विज्ञापनको सन्दर्भमा गरेको आन्दोलनप्रति सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको ध्यानाकर्षण भएको पनि उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण