नयाँ मिस नेपाल शनिबार छानिने, यस्ता छन् निर्णायक
काठमाडौँ । ‘मिस नेपाल २०२३’ आगामी शनिबार (१३ जेठमा) छानिँदै छ । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुने मिस नेपालको २७ औं श्रृखलाको उपाधिका लागि २४ सुन्दरी भिड्नेछन् ।
प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा मिति नजिकिँदै गर्दा आयोजक द हिडन ट्रेजरले ११ जना जजको नाम सार्वजनिक गरेको छ । जसमा पूर्वमिस नेपाल, उद्यमी–व्यवसायी, पत्रकार, कलाकार लगायत विभिन्न क्षेत्रका व्यक्ति समेटिएका छन् ।
आयोजकले सार्वजनिक गरेको जर्जको सूचीमा पत्रकार दिलभूषण पाठक, क्रिकेटर ज्ञानेन्द्र मल्ल, होटल एसोसिएसन नेपालका अध्यक्ष विनायक शाह, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्य, अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ, नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान, मिस नेपाल वल्र्ड–२०२० नम्रता श्रेष्ठ, मिस नेपाल अर्थ–२०१७ रोजिना श्रेष्ठ, अब्सोल्युट एस्थेटिक क्लिनिककी निर्देशक सुरुजना श्रेष्ठ, अभिनेत्री आँचल शर्मा र महिला उद्यम व्यवसायी महासंघकी अध्यक्ष नीरु रायमाझी रहेका छन् ।
मिस नेपालको अन्तिम स्पर्धाको तयारीसमेत पुरा भएको आयोजक संस्था हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकारले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण