बजारमा क्यास फ्लो बढ्यो, ६ खर्ब २३ अर्ब परिचालन
बुधबार, १० जेठ २०८०, १८ : ५१
काठमाडौँ । गत असार मसान्तको तुलनामा बजारमा क्यास फ्लो (पैसाको सर्कुलेशन) बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार वैशाख मसान्तसम्म ६ खर्ब २३ अर्ब ८९ करोड ७८ लाख रुपैयाँ सर्कुलेशन भएको हो ।
अघिल्लो आर्थिक वर्ष २०७८÷७९ को असार मसान्तसम्म यस्तो सर्कुलेशन ६ खर्ब १२ अर्ब २ करोड ७६ लाख रुपैयाँ बजारमा रहेको थियो । तुलनात्मक रूपमा १० महिनामा बजारमा ११ अर्ब ८७ करोड २ लाख रुपैयाँ बढी नगद सर्कुलेशन बढेको हो ।
केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा २ खर्ब १२ अर्ब ८३ करोड ८ लाख रुपैयाँ डिपोजिट (निक्षेप) जम्मा भएको छ भने नेपाल सरकारकोतर्फबाट १ खर्ब ८४ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ र अन्य वित्तीय संस्थाहरुमा १७ अर्ब ८४ करोड १ लाख ५५ हजार रुपैयाँ जम्मा भएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरीको घटना छानबिन गर्न सहसचिवको नेतृत्वमा समिति गठन गर्ने निर्णय
-
प्रदेशलाई केन्द्रको पपेट बनाइयो, हामी त वडाध्यक्षभन्दा पनि निरीह भयौँ : जीवनबहादुर शाही
-
नागढुंगा सुरुङमार्ग उद्घाटनपछि गाडी चलाउँदै मन्त्री लम्साल (तस्बिरहरू)
-
पहिलो विदेशी अतिथिका रूपमा बेलायतका प्रधानमन्त्री बर्नहमले जेलेन्स्कीलाई स्वागत गर्ने
-
न्युयोर्कका मेयर मामदानीले घृणा फैलाउने प्रयास गरेको नेतान्याहुको आरोप
-
अमेरिकी बमबारी रोकिएसम्म इरानले पनि आक्रमण नगर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण