मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

बजारमा क्यास फ्लो बढ्यो, ६ खर्ब २३ अर्ब परिचालन

बुधबार, १० जेठ २०८०, १८ : ५१
बुधबार, १० जेठ २०८०

काठमाडौँ । गत असार मसान्तको तुलनामा बजारमा क्यास फ्लो (पैसाको सर्कुलेशन) बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार वैशाख मसान्तसम्म ६ खर्ब २३ अर्ब ८९ करोड ७८ लाख रुपैयाँ सर्कुलेशन भएको हो । 

अघिल्लो आर्थिक वर्ष २०७८÷७९ को असार मसान्तसम्म यस्तो सर्कुलेशन ६ खर्ब १२ अर्ब २ करोड ७६ लाख रुपैयाँ बजारमा रहेको थियो । तुलनात्मक रूपमा १० महिनामा बजारमा ११ अर्ब ८७ करोड २ लाख रुपैयाँ बढी नगद सर्कुलेशन बढेको हो । 

केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा २ खर्ब १२ अर्ब ८३ करोड ८ लाख रुपैयाँ डिपोजिट (निक्षेप) जम्मा भएको छ भने नेपाल सरकारकोतर्फबाट १ खर्ब ८४ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ र अन्य वित्तीय संस्थाहरुमा १७ अर्ब ८४ करोड १ लाख ५५ हजार रुपैयाँ जम्मा भएको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप