त्रिविमा जेठ १६ पछि वर्षे बिदा दिन पाउने
बुधबार, १० जेठ २०८०, १९ : १७

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले जेठ १६ गतेपछि मात्रै वर्षे बिदा दिने निर्णय गरेको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले त्रिविका आंगिक क्याम्पस, केन्द्रीय विभाग तथा विभागहरूमा जेठ १६ गतेपछि समयानुकूल हुनेगरी वर्षे बिदा दिने निर्णय गरेको हो ।
वर्षे बिदा पाउने शिक्षक, कर्मचारी र विद्यार्थीहरूलाई यो वर्षको वर्षे बिदा आफ्नो निकायको अनुकूलता हेरी जेठ १६ गतेपछि बढीमा २० दिनसम्म दिन सकिने जनाएको हो ।
परीक्षा, कक्षा सञ्चालन आदी अवस्थालाई हेरेर वर्षे बिदा सम्बन्धी निर्णय गर्नुपर्ने त्रिविका सूचना अधिकारी योगेन्द्र दाहालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्रीले जवाफ दिने
-
काठमाडौंमा आजदेखि ‘सगरमाथा संवाद’, १७५ विदेशी पाहुना नेपालमा
-
कति पुग्यो डलरको मूल्य ? के छ विदेशी मुद्राको दरभाउ ?
-
साउदीमा कामविहीन भएका नेपाली श्रमिकलाई स्वदेश फर्काउने पहल सुरू
-
बार्सिलोनालाई २८ औं ला लिगा उपाधि, ‘बच्चा’ टोलीले गर्यो चमत्कार
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड