त्रिविमा जेठ १६ पछि वर्षे बिदा दिन पाउने
बुधबार, १० जेठ २०८०, १९ : १७
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले जेठ १६ गतेपछि मात्रै वर्षे बिदा दिने निर्णय गरेको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले त्रिविका आंगिक क्याम्पस, केन्द्रीय विभाग तथा विभागहरूमा जेठ १६ गतेपछि समयानुकूल हुनेगरी वर्षे बिदा दिने निर्णय गरेको हो ।
वर्षे बिदा पाउने शिक्षक, कर्मचारी र विद्यार्थीहरूलाई यो वर्षको वर्षे बिदा आफ्नो निकायको अनुकूलता हेरी जेठ १६ गतेपछि बढीमा २० दिनसम्म दिन सकिने जनाएको हो ।
परीक्षा, कक्षा सञ्चालन आदी अवस्थालाई हेरेर वर्षे बिदा सम्बन्धी निर्णय गर्नुपर्ने त्रिविका सूचना अधिकारी योगेन्द्र दाहालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण