बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मिस नेपाल नर्थ अमेरिकाको अतिथिको रूपमा प्रियङ्का, मिरुना र आयुष्मान सहभागी हुँदै

बिहीबार, ११ जेठ २०८०, ०६ : ५०
बिहीबार, ११ जेठ २०८०

न्यूयोर्क । विश्व कै सम्राट राज्य न्यूयोर्कमा हुँदै आएको मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी)२०२३ को लागि अतिथिमा प्रियङ्का कार्की , मिरुना मगर तथा आयुष्मान् देशराज जोशी आउने भएका छन् ।

प्रतियोगितामा सहभागी हुन आवेदन पत्र गत फेब्रुअरी २८ का दिन देखि प्रारम्भ भएको छ भने आवेदन दिने अन्तिम मिति मे ३१ ,२०२३ सम्म रहेको छ । अझ पनि आवेदन निवेदन दिने समय बाँकी रहेकोले इच्छुकले आवेदन दिन सक्ने आयोजकको तर्फबाट सैलेश श्रेष्ठले जानकारी दिए । 

मिस नेपाल नर्थ अमेरिका सुरु भए देखि नै हरेक वर्ष अगस्ट महिनामा हुँदै आएता पनि यस वर्ष जुलाई महिनामा हुने र जुलाई २२ का दिन समापन समारोह अर्थात् ग्रान्ड फिनाले हुनेछ ।

विगत वर्ष झैँ यस वर्ष पनि न्यूयोर्ककै प्रसिद्ध मेलरोज बलरुम मै शनिबारका दिन हुनेछ ।  “अर्को पुस्तालाई सशक्तिकरण गर्न नेपाली महिलाहरूलाई सशक्तिकरण” भन्ने मूल नारा दिइएको छ । यो प्रतियोगिताको आयोजना ड्रिम्स युनिभर्सल एलएलसी न्युयोर्कले गर्नेछ ।

मिस नेपाल नर्थ अमेरिका २०२३ को लागि पूर्व नेपाल सुन्दरी सदीक्षा श्रेष्ठ आधिकारिक मुख्य कोरियोग्राफर (पूर्ण प्रशिक्षक) रहने भएकी छिन् । 

miss-nepal-north-amerika-900x900

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप