मिस नेपाल नर्थ अमेरिकाको अतिथिको रूपमा प्रियङ्का, मिरुना र आयुष्मान सहभागी हुँदै
न्यूयोर्क । विश्व कै सम्राट राज्य न्यूयोर्कमा हुँदै आएको मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी)२०२३ को लागि अतिथिमा प्रियङ्का कार्की , मिरुना मगर तथा आयुष्मान् देशराज जोशी आउने भएका छन् ।
प्रतियोगितामा सहभागी हुन आवेदन पत्र गत फेब्रुअरी २८ का दिन देखि प्रारम्भ भएको छ भने आवेदन दिने अन्तिम मिति मे ३१ ,२०२३ सम्म रहेको छ । अझ पनि आवेदन निवेदन दिने समय बाँकी रहेकोले इच्छुकले आवेदन दिन सक्ने आयोजकको तर्फबाट सैलेश श्रेष्ठले जानकारी दिए ।
मिस नेपाल नर्थ अमेरिका सुरु भए देखि नै हरेक वर्ष अगस्ट महिनामा हुँदै आएता पनि यस वर्ष जुलाई महिनामा हुने र जुलाई २२ का दिन समापन समारोह अर्थात् ग्रान्ड फिनाले हुनेछ ।
विगत वर्ष झैँ यस वर्ष पनि न्यूयोर्ककै प्रसिद्ध मेलरोज बलरुम मै शनिबारका दिन हुनेछ । “अर्को पुस्तालाई सशक्तिकरण गर्न नेपाली महिलाहरूलाई सशक्तिकरण” भन्ने मूल नारा दिइएको छ । यो प्रतियोगिताको आयोजना ड्रिम्स युनिभर्सल एलएलसी न्युयोर्कले गर्नेछ ।
मिस नेपाल नर्थ अमेरिका २०२३ को लागि पूर्व नेपाल सुन्दरी सदीक्षा श्रेष्ठ आधिकारिक मुख्य कोरियोग्राफर (पूर्ण प्रशिक्षक) रहने भएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण