बीवाईडीले चखनडोल सामुदायिक वन पुनर्स्थापना अभियान सुरु गर्ने
काठमाडौँ । बीवाईडीको अधिकारिक वितरक सिमेक्स इंकलेले ‘सपना र वनजङ्गलको निर्माण’ अभियानको घोषणा गरेको छ । यो अभियानले वि.सं २०६२ मा गैरकानुनी बालुवा खानी उत्खनन र फडानीको चपेटामा परेको चखनडोल सामुदायिक वन पुनर्स्थापनाको लक्ष्य लिएको छ ।
यो समग्र अभियानले पर्यावरण र जीवजन्तु सबैमा महत्त्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ । यो महत्त्वाकाङ्क्षी प्रयासले वनलाई ब्युँताउने मात्रै नभएर ७-८ थरिका विभिन्न चराका प्रजातिलाई फेरी फर्काउन र यस क्षेत्रको पर्यावरण सन्तुलनमा समेत सघाउने कम्पनीले अपेक्षा लिएको छ ।
वृक्षारोपण को पहिलो वर्ष नै यो अभियानले ८२७ टन अक्सिजन उत्पादन गर्दै ३१० टन कार्बन संरक्षण गर्नेछ भने पाँच वर्ष भित्रै वनले १५५० टन कार्बन जम्मा गर्दै ४१३३ टन अक्सिजन उत्पादन गर्नेछ। सिमेक्सका प्रमुख मार्केटिंङ्ग अधिकृत समीर श्रेष्ठका अनुसार, यो अभियानले बीवाईडीको प्रविधिको प्रयोग पर्यावरण संरक्षणमा भन्ने मूल्य र मान्यताको पृष्ठपोषण गर्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण