सिटिजन्स बैंक र केएफडब्लू बैंकबीच पुनर्कर्जा लगानीबारे सम्झौता
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपालको ग्रामीण क्षेत्रमा लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रवर्द्धनका लागि जर्मन स्थित केएफडब्लू डेभलपमेण्ट बैंक र नेपाल राष्ट्र बैंकसँग ३५ लाख युरो पुनर्कर्जा र ५ लाख युरो बराबरको प्राविधिक सहयोग प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
नेपालसँग जर्मन वित्तीय सहयोग परियोजना अन्तर्गत के।एफ।डब्लू डेभलपमेण्ट बैंक, जर्मनीले नेपाल राष्ट्र बैंक सँगको समझदारीमा नेपालमा सञ्चालित बैंक तथा वित्तीय संस्थालाई लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रवर्द्धनका लागि पुनर्कर्जा प्रदान गर्दै आइरहेको छ ।
बैंकले उक्त शीर्षक अन्तर्गत हालसम्म २१ हजार ५२६ व्यवसायलाई रु.२५ अर्ब बराबरको कर्जा प्रदान गरेको छ । यसमध्ये २८८२ महिला व्यवसायीलाई व्यवसायको सुरक्षणमा सहुलियत ब्याजदरमा रु २ अर्ब बराबरको कर्जा प्रदान गरेको बैंकको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यालिफोर्नियाको स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
-
सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु
-
झापामा हुरी र वर्षाले केराखेती नष्ट
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण