ढाकाकुमारले भने, ‘पैसा दिएको बारे कुनै मिडियासँग कुरा गरेको छैन’
काठमाडौँ । डा. ढाकाकुमार श्रेष्ठले केही अनलाइन मिडियाहरूले समानुपातिक सांसद बन्न तीन करोड रुपैयाँ पार्टीलाई बुझाएको समाचार सम्प्रेषण भएकोमा आपत्ति जनाएका छन् । ती समाचार कपोकल्पित तथा आधारहीन रहेको बताउँदै श्रेष्ठले गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।
उनले सो विषयमा म कुनै मिडियाहरूसँग नबोलेकोले र समाचार सम्प्रेषणको लागि अनुरोध समेत नगरेको दाबी गरेका छन् । उनले भने, ‘मेरो नाम जोडी नैतिक समस्या पार्ने काम गरेकोमा दुःख व्यक्त गर्दछु । साथै निष्पक्ष र स्वतन्त्र पत्रकारिताको धर्मलाई निर्वाह गरी आधारहीन समाचारलाई सम्प्रेषण नगर्न समेत सम्बन्धित मिडियाहरूको ध्यानाकर्षण गराउन चाहन्छु ।’
श्रेष्ठले स्वीकृत आधारविना नै अन्य कुनै मिडियाहरूले यस्ता भ्रामक तथ्यहीन समाचार बनाएर व्यक्ति तथा पार्टीको चरित्र हत्या गर्ने समाचार सम्प्रेषण गरेको खण्डमा कानुनी प्रक्रियामा जान बाध्य हुने चेतावनी पनि दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण