पशुपतिमा चढाइएको जलहरीको विषयलाई लिएर एमालेले गर्यो संसद अवरुद्ध
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पशुपतिनाथको मन्दिरमा चढाइएको जलहरी सुनको हो वा पित्तलको हो भन्ने बारेमा सरकारको जवाफ माग गर्दै संसद बैठक अवरुद्ध गरेको छ । शुक्रबार साढे १२ बजे बसेको प्रतिनिधिसभा बैठकको सूरुमै एमाले सांसदहरु आसनबाट उठेका थिए ।
सभामुखले एमालेका प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिएपछि उनले जेठ १० गतेको बैठकमा सत्ता पक्षकै सांसद लेखनाथ दाहालले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पशुपतिनाथको मन्दिरको गर्भगृहमा राखिएको सुनको जलहरीमा भष्टाचार गरिएको आरोप लगाएको बताए । सांसद दाहालले त्यहाँ सुन भनेर पित्तल लगाएको भनेर बिना तथ्यको आरोप लगाएको गिरीले बताए । उनले बिना प्रमाण बिना तथ्य आरोप लगाउने कामको एमालेले निन्दा र भर्त्सना गर्ने बताए ।
प्रमुख सचेतक गिरीले भने, ‘विगतका अनेक भष्टाचारका फाइलहरु खोजौँ, एक एक गरेर भष्टाचारीलाई कारवाही गरौँ, जनतामा नयाँ उत्साह भर्ने काम गरौँ, त्यो जिम्मेवारीबाट हामी पन्छिन मिल्दैन । तर पछिल्लो समय हामी देख्दैछौँ, संसारमा प्रतिपक्षले सत्तापक्षलाई विभिन्न प्रश्नहरु औंल्याउने गर्छ, यहाँ त दुर्भाग्य के छ भने सभामुख महोदय बिनाआधार, बिना प्रमाण सत्तापक्षका माननीयज्यूहरुले प्रमुख प्रतिपक्षी दलहरुलाई इङ्गित गरी भष्टाचार गरेको यही सदनबाट बताइन्छ ।’
उनले पशुपतिको जलहरीमा लगाएको सुन हो कि पित्तल हो सरकारले संसदलाई जवाफ दिनुपर्ने बताए । सो को जवाफ नपाउञ्जेलसम्म सदन अगाडि बढाउन नदिने चेतावनी दिए । उनले दाहालले भनेको कुरा संसदको रेकर्डबाट हटाउन पनि उनले आग्रह गरे ।
सभामुखले नीति तथा कार्यक्रमको छलफल अन्तिमतिर पुगेको आग्रह गर्दापनि एमालेले बैठक अवरुद्ध गरेको छ । गिरीपछि बोलेका पूर्व सभामुख सुवास नेम्वाङले प्रमुख प्रतिपक्षी दलका नेतालाई सत्ता पक्षका सांसदले गम्भीर आरोप लगाएको भन्दै यस्तो गम्भीर आरोप टाउकोमा बोकेर हामी कसरी सदनमा बस्छौँ भन्दै प्रश्न गरे । तस्बिर : कृष्ण खड्का/रातोपाटी
_vdZtuXu6YV.jpg)
_X5Uh6oMTIs.jpg)
_a3MCbdVmUm.jpg)
_5i3sSkUZnA.jpg)
_DwOmrHPTir.jpg)
_ljZWe8SBMr.jpg)
_P4VK5TPqO0.jpg)
_efklUfaJY0.jpg)
_RdHAWhAZcT.jpg)
_CJw4gLjIyK.jpg)
_O2zePzvFqC.jpg)
_zwE1VI9evy.jpg)
_E7nlzdjJmh.jpg)
_iRerDHFigE.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण