शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

प्रज्ञा प्रतिष्ठानले बृहत् नेपाली शब्दकोश परिमार्जन गर्ने

शुक्रबार, १२ जेठ २०८०, १६ : ४९
शुक्रबार, १२ जेठ २०८०

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले बृहत् नेपाली शब्दकोशलाई परिमार्जन गर्ने भएको छ ।  शुक्रबार प्रतिष्ठानमा नयाँ नेतृत्व आएको सय दिन पुगेको अवसरमा आयाेजित पत्रकार सम्मेलनमा बृहत् नेपाली शब्दकोशमा विवाद रहेको भन्दै परिमार्जन गर्ने निर्णय गरेको जानकारी दिइएको हो । 

पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानका कुलपति भूपाल राईले यसअघि छापिएको बृहत् नेपाली शब्दकोशमा विवादित शब्दहरुको रहेको भन्दै धेरै उजुरी आएको बताए । बृहत् नेपाली शब्दकोशमा कुनैपनि विवाद नआउने गरी परिमार्जन गर्ने निर्णयमा पुगेको उनले बताए ।  

राईले बृहत् शब्दकोश परिमार्जनको लागि सामाजिक संस्था र सरोकारवाला निकायहरूसँग छलफल गरी समिति बनाएर काम अगाडि बढाउने बताए । हरेक वर्ष असार ९ गते हुने राष्ट्रिय कविता महोत्सवलाई बहुभाषिक, सहभागितामूलक र समावेशी बनाउने उनले बताए ।  प्रतिष्ठानले साहित्य पत्रिका र पत्रकारलाई दिने गरेको अनुदानको सट्टा दुई जना विशिष्ट साहित्य पत्रकारहरुलाई साहित्यिक पत्रकारिता राष्ट्रिय पुरस्कारबाट सम्मान गरिने निर्णय भएको उनले बताए ।  

कुलपति राईले प्रतिष्ठानले १२३ भाषा र १२५ बढी जातजातिलाई समेटेर लैजानुपर्ने चुनौती रहेको बताए । आगामी ४ वर्षमा प्रतिष्ठानलाई सबैको प्रज्ञा प्रतिष्ठान बनाउने योजना रहेको उनले बताए ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप