सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

रुसले भन्यो–युक्रेन युद्ध दशकौँसम्म हुनसक्छ

शुक्रबार, १२ जेठ २०८०, १८ : ३१
शुक्रबार, १२ जेठ २०८०

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक शीर्ष सहयोगीले युक्रेन युद्ध दशकौँसम्म जारी रहन सक्ने बताएका छन् ।  

राष्ट्रपति पुटिनको शक्तिशाली सुरक्षा परिषद्का उपाध्यक्ष एवं पूर्व पूर्वप्रधानमन्त्री दिमित्री मेदेभदेवले युक्रेनसँगको द्वन्द्व दशकौँसम्म जारी रहन सक्ने बताएका हुन् । 

पूर्वप्रधानमन्त्री मेदेभदेवले भियतनाम भ्रमणका बेला त्यसो भनेको रुसी समाचार एजेन्सीले आरआईएले जनाएको छ । “यो द्वन्द्व धेरै लामो समयसम्म चल्नेछ, सम्भवतः दशकौँसम्म चल्नेछ,” आरआईएले मेदभदेवलाई उद्धृत गर्दै छापेको छ । 

मेदभदेव प्रायः कडा टिप्पणी गर्नुहुन्छ ।  गत महिना उनले युक्रेनी अधिकारीहरूलाई ‘सङ्क्रमण’का रूपमा वर्णन गरेका थिए । साथै उनले युक्रेनलाई ‘नाजी राज्य’ भनेका छन् । मस्कोले पनि शब्द दाबी दोहोर्‍याउँदै आएको छ । गत जनवरीमा उनले रुस पराजित भए आणविक युद्ध सुरु गर्न सक्ने बताएका थिए ।-(रासस /एएफपी)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप