पशुपतिनाथको जलहरीसँगै ३१ रोपनी जग्गाबारे पनि छानबिन गरौँ : अजयबाबु शिवाकोटी
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पशुपतिनाथको जलहरिसँगै ३१ रोपनी जग्गा अपचलन सम्बन्धी छानबिन गर्नुपर्ने बताएका छन् ।
गोठाटारमा रहेको ३१ रोपनी जग्गा भू-माफियासँग मिलेर भागबण्डामा खाने प्रपञ्चमा पशुपति विकास कोषका जिम्मेवार पदाधिकारीहरू देखिएको शिवाकोटीको आरोप छ ।
‘जलहरी मात्र हैन गोठाटारमा रहेको पशुपतिनाथको ३१ रोपनी जग्गा भू-माफियासँग मिलेर अपचलन गर्ने संगठित गिरोहको पनि भण्डाफोर गरौँ,’ उनले भनेका छन्, ‘जलहरीको कुरा संसद्सँगै अख्तियारमा पनि प्रवेश गरिसकेको छ । यही बीचमा गोठाटारमा रहेको पशुपतिनाथको ५३५ रोपनी मध्य ५०४ रोपनी देखाई ३१ रोपनी जग्गा भूमाफियासँग मिलेर भागवण्डामा खाने प्रपञ्चमा पशुपति विकास कोषका जिम्मेवार पदाधिकारीहरू देखिएका छन्।’
पशुपतिनाथको जग्गा अपचलन गरेर खान खोज्ने नियतमा संस्कृति मन्त्रालयको नेतृत्व तथा कोषका पदाधिकारीविरुद्ध तत्काल छानबिन हुनुपर्ने उनको भनाई छ। साथै, कारबाहीका लागि दबाब दिन पनि उनले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण