मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

पशुपतिनाथको जलहरीसँगै ३१ रोपनी जग्गाबारे पनि छानबिन गरौँ : अजयबाबु शिवाकोटी

शुक्रबार, १२ जेठ २०८०, १८ : ५९
शुक्रबार, १२ जेठ २०८०

काठमाडौँ  । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पशुपतिनाथको जलहरिसँगै ३१ रोपनी जग्गा अपचलन सम्बन्धी छानबिन गर्नुपर्ने बताएका छन् ।

गोठाटारमा रहेको ३१ रोपनी जग्गा भू-माफियासँग मिलेर भागबण्डामा खाने प्रपञ्चमा पशुपति विकास कोषका जिम्मेवार पदाधिकारीहरू देखिएको शिवाकोटीको आरोप छ ।

‘जलहरी मात्र हैन गोठाटारमा रहेको पशुपतिनाथको ३१ रोपनी जग्गा भू-माफियासँग मिलेर अपचलन गर्ने संगठित गिरोहको पनि भण्डाफोर गरौँ,’ उनले भनेका छन्, ‘जलहरीको कुरा संसद्सँगै अख्तियारमा पनि प्रवेश गरिसकेको छ । यही बीचमा गोठाटारमा रहेको पशुपतिनाथको ५३५ रोपनी मध्य ५०४ रोपनी देखाई ३१ रोपनी जग्गा भूमाफियासँग मिलेर  भागवण्डामा खाने प्रपञ्चमा पशुपति विकास कोषका जिम्मेवार पदाधिकारीहरू देखिएका छन्।’

पशुपतिनाथको जग्गा अपचलन गरेर खान खोज्ने नियतमा संस्कृति मन्त्रालयको नेतृत्व तथा कोषका पदाधिकारीविरुद्ध तत्काल छानबिन हुनुपर्ने उनको भनाई छ। साथै, कारबाहीका लागि दबाब दिन पनि उनले आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप