खुमलटारमाथि पुलिसको सहज जित
काठमाडौँ । खुमलटारमाथि २–० को जित निकाल्दै विभागीय टोली नेपाल पुलिसले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा आठौं जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले सहिद खुमलटारमाथि २–० को सहज जित निकाल्दै छैठौं स्थानमा पनि उक्लिएको छ । पुलिसलाई जित दिलाउन भरत शाह र मोहमद आसिकले समान एक गोल गरे ।
प्रतिष्पर्धात्मक बनेको खेलमा दुवै टोलीले पहिलो हाफमा गोल रहित बराबरी खेलेका थिए । तर दोस्रो हाफमा भने पुलिस आक्रामक रणनीतिका साथ उत्रियो । सो क्रममा खेलको ७६ औं भरतको गोलमार्फत पुलिसले अग्रता लिएको थियो । भरतले रविशंकर पासवानको कर्नमा जो आइडुले हेड गर्दा प्राप्त बललाई हेतमार्फत नै पोस्टको दिशा दिएका थिए । त्यसपछि ८८ औं मिनेटमा आसिकले गोल गर्दै पुलिसलाई २–० को जित दिलाए र बाँकी समयमा थप गोल हुन सकेन ।
यससँगै पुलिसले खुमलटारबिरुद्ध लिड डबल (दुवै भेटमा पराजित) गरेको छ । पहिलो भेटमा पुलिस ३–१ ले विजयी भएको थियो । जितसँगै २१ खेलमा २८ अंक जोडेको पुलिस छैटौं स्थानमा उक्लिएको छ । पराजय ब्यहोरेको खुमलटार समान खेलबाट २१ अंकका साथ पुछारमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण