खुमलटारमाथि पुलिसको सहज जित

काठमाडौँ । खुमलटारमाथि २–० को जित निकाल्दै विभागीय टोली नेपाल पुलिसले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा आठौं जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले सहिद खुमलटारमाथि २–० को सहज जित निकाल्दै छैठौं स्थानमा पनि उक्लिएको छ । पुलिसलाई जित दिलाउन भरत शाह र मोहमद आसिकले समान एक गोल गरे ।
प्रतिष्पर्धात्मक बनेको खेलमा दुवै टोलीले पहिलो हाफमा गोल रहित बराबरी खेलेका थिए । तर दोस्रो हाफमा भने पुलिस आक्रामक रणनीतिका साथ उत्रियो । सो क्रममा खेलको ७६ औं भरतको गोलमार्फत पुलिसले अग्रता लिएको थियो । भरतले रविशंकर पासवानको कर्नमा जो आइडुले हेड गर्दा प्राप्त बललाई हेतमार्फत नै पोस्टको दिशा दिएका थिए । त्यसपछि ८८ औं मिनेटमा आसिकले गोल गर्दै पुलिसलाई २–० को जित दिलाए र बाँकी समयमा थप गोल हुन सकेन ।
यससँगै पुलिसले खुमलटारबिरुद्ध लिड डबल (दुवै भेटमा पराजित) गरेको छ । पहिलो भेटमा पुलिस ३–१ ले विजयी भएको थियो । जितसँगै २१ खेलमा २८ अंक जोडेको पुलिस छैटौं स्थानमा उक्लिएको छ । पराजय ब्यहोरेको खुमलटार समान खेलबाट २१ अंकका साथ पुछारमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्फाको साधारणसभामा गणेश थापालाई प्रवेश गर्न नदिएपछि झडप
-
दाइजोप्रथा अन्त्यका लागि कानुन बनाएर तत्काल कार्यान्वयन गर्नुपर्छ : मीना यादव
-
‘चीन–रसिया सहकार्यले अन्तर्राष्ट्रिय न्यायको रक्षा गर्ने’
-
देवानगञ्ज : कृषि क्रान्तिको भूमि, जहाँ एक कट्ठा जमिन पनि छैन बाँझो
-
तरकारीको गाडीबाट प्रहरीले पैसा उठाएको गुनासो आएको छ
-
दुई पूर्वविजेता इङ्लिस क्लब म्यान युनाइटेड र टोट्टनहामबिच उपाधि भिडन्त