शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

विराटनगरबाट काठमाडौँ उडेको जहाज भैरहवामा अवतरण

शुक्रबार, १२ जेठ २०८०, २१ : २८
शुक्रबार, १२ जेठ २०८०

भैरहवा । विराटनगरबाट काठमाडौँ उडेको बुद्ध एयरको जहाज भैरहवामा अवतरण हुन पुगेको छ । 

शुक्रबार विराटनगरबाट काठमाडौँ उडेको ७२ सिट क्षमताको उक्त जहाज भैरहवामा अवतरण भएको हो । 

काठमाडौ विमानस्थलमा अत्यधिक वर्षा र एयर ट्राफिकको कारण केहीबेर आकाशमै फन्को मारेर विमान भैरहवा पुगेको विमानस्थल स्रोतले जनाएको छ ।

विमान रिफ्युलिङको लागि भैरहवा पुर्‍याउनु परेको बताइएको छ । राती ८:०० बजे विराटनगरबाट उडेको विमान ९:२५ मा भैरहवामा अवतरण भएको हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप