कविता
आमाको आशिष
शनिबार, १३ जेठ २०८०, ०७ : ५०
जुनेली रातको जुनको जस्तै वात्सल्य तिम्रो छ,
बिहानी घामको किरण जस्तै प्रताप तिम्रै छ ।
यो संसारलाई सुम्पेर दियो मलाई जन्माई,
खोलेर मलाई हृदय दियो हुर्काई बढाई ।
त्यो तिम्रो कृपा असाध्यै पाए सिर्जना भर्नलाई,
ममता नित्य छातीमा बोकी धैर्यता छर्नलाई ।
प्रगतिपथ चुम्दछ तिम्रै मायाको प्रभावले,
उराठ लाग्छ यो जीवन मेरो तिम्रो त्यो अभावले ।
ती जन्म दिने जननी बिना सृष्टि झन् चल्दैन
हिमाल जस्तो अडान तिम्रो क्यै मेरा निम्ति देऊ,
संसार हाँक्ने अठोट, साहस, तागत र शक्ति देऊ ।
सद्भाव पाऊँ, सद्ज्ञान पाऊँ, सिर्जना कोर्नलाई
जाँगर नित्य म भित्र जागोस् पहाड फोर्नलाई ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण