डिभोर्स पछिका रातहरू

हिजोसम्म थियो एउटा मुटु
आज टुक्रिएर दुइटा भएछ
त्यो रमाइला दिन, महिना, साल
पल भरमै टाढा टाढा गएछ
यादहरूको घाउ बोकेर
धेरै धेरै सम्झना सँगालेर
भन्नु के भन्नु, कल्लाई भन्नु अब
केवल रुनु छ एक्लै आँसु पोखेर
दुःखी रहने मुटु छातीभरि पीडा
दिमाग थाकिसक्यो के के सोचेर
बित्यो गयो, अब रहेन
मीठा मीठा प्रेमिल बातहरू
शून्य शून्य कहालीलाग्दो
डिभोर्स पछिका रातहरू
सानो सानो कुराको झोकम् झोकमा
के थाहा यस्तो स्थिति होला भनेर
सबै जीवनका सपना चकनाचुर भए
घमण्ड र जिद्दी छोड्न नसकेर
अहँ पटक्कै निद्रा नलाग्ने
झ्यालबाट एकसुरले हेरिरहने
भित्तामा झुण्ड्याइएको मुस्काइरहेको
युगल दम्पत्तिको फोटो हटाएपछि
बाँकी रहेको फलामको काँटी जस्तै
एक्लै एक्लै खिया लाग्दै गएपछि
झलझली यी आँखामा आइरहेछ
फोटो झुण्ड्याउने ती हातहरू
के गरी कहिलेसम्म अब सहने
डिभोर्स पछिका रातहरू ।
हालः लस एन्जेलस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा
-
तेहरानमा दुई इरानी लडाकु विमान ध्वस्त, इजरायलमाथि नयाँ क्षेप्यास्त्र हमला सुरु
-
पदमार्गको प्रवर्द्धन गर्न ‘मुन्दुम ट्रेल रेस’ आयोजना
-
नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा पहिलो पटक तीन सुपर ओभर
-
१२ बजे १२ समाचार: धरौटी बुझाएर रिहा भए धवलशमशेर, भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर
-
तेस्रो सुपर ओभरमा नेदरल्यान्डसँग नेपाल पराजित