सरकारले बजार चलायमान बनाउने विषयमा ध्यान दिनै सकेन : सांसद चौधरी
काठमाडौँ । सांसद मेटमणि चौधरीले सरकारको ध्यान बजारमा पैसा ल्याउनेतर्फ नगएको बताएका छन् । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै चौधरीले सरकारले बजारमा पैसा ल्याउने तरिकाबारे ध्यान दिनै नसकेको बताएका हुन् ।
‘सरकारको ध्यान पैसालाई कसरी नियन्त्रण गर्ने, चुहावट रोक्ने कुरा मात्र हुन्छ,’ चौधरी भन्छन्, ‘बजारमा पैसा नल्याएसम्म अर्थतन्त्र चलायमान नै हुँदैन ।’ यस्तै, बजारमा सरकारले धेरै रकम भुक्तान गर्न बाँकी रहेको समेत चौधरीको भनाई छ । ‘भुक्तानी नगर्ने र बजारमा पैसा छैन भनेर हल्ला गरेर हुँदैन,’ चौधरीले थपे, ‘निर्माण व्यवसायीको रकमसहित ९२ अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्छ, त्यसपछि मात्रै बजार चलायमान बन्छ ।’
उनले सरकारको नीति तथा कार्यक्रम ढिला गरी प्रस्तुत भएको बताए । नीति तथा कार्यक्रम समयमा नै छलफल गर्न समय पुग्ने गरी प्रस्तुत हुनुपर्ने समय निर्धारण हुनुपर्ने उनको भनाई थियो । उनले भने, ‘हामीले फ्रीसँग नेपाली जनता, राष्ट्र, समस्याको विषयमा फ्रीसँग बोल्न पाउनुपर्ने हो । तर आज ठुला माननीयज्यूहरुलै बोल्दा मनपरी समय निर्धारण नहुने, सांसदले बोल्दा समय तोक्ने कुरा गलत छ । यसलाई सच्याउनुपर्छ । आज हामी यो विषयमा छलफल गर्नु भनेको छोराछोरी जन्मिसकेका छन्, आज हामीले छोराछोरी जन्माउने बारेमा छलफल गरिरहेका छौँ, कुन विषय कहिले उठाउने यसमा कन्फर्म गरौँ । नियमावलीमा करेक्शन गरेर भएपनि समय निर्धारण गरौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण