प्रधानमन्त्रीलाई रघुजी पन्तको प्रश्न : लिपुलेक र पञ्चेश्वर भारत भ्रमणको एजेण्डामा छ कि छैन ?
काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आशन्न भारत भ्रमणका क्रममा लिपुलेक, पञ्चेश्वर र सीमा विवाद समस्या समाधान गर्ने एजेण्डा रहेको छ कि छैन भनेर प्रश्न गरेका छन् ।
शनिबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालकै भुमि भएको बताएका थिए । ‘प्रधानमन्त्रीज्यूले सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको भूभाग हो भन्नुभयो’, सांसद पन्तले भने, ‘तर उहाँको आशन्न आगामी भारत भ्रमणमा यो कुरा वार्ताको एजेण्डामा छ कि छैन ? इपीजी अर्थात प्रवुद्ध व्यक्ति समूहले बुझाएको प्रतिवेदन भारत भ्रमणको एजेण्डामा छ कि छैन ? र मेचीदेखि महाकालीसम्मका सीमा विवाद समाधान गर्ने एजेण्डा छ कि छैन ? र महाकाली सन्धीपछि पञ्चेश्वर परियोजना कार्यन्वयन हुनुपर्दथ्यो । त्यो परियोजनामा नेपालको हक सुरक्षित गर्दै कार्यन्वयन गर्ने एजेण्डामा छ कि छैन ?’
त्यस्तै अर्का सांसद योगेश भट्टराईले हालै अमेरिकाको सरकारी निकायले नेपालको धर्मान्तरण र धर्मअतिक्रमणका विषयमा गम्भीर प्रतिवेदन सार्वजनिक गरेको भन्दै त्यसले मित्र राष्ट« भारतलाई समेत तानेको बताए ।
उनले यसमा नेपाल सरकारको धारणा माग्दै भने, ‘वोआओ फोरममा प्रधानमन्त्रीज्यूलाई निमन्त्रणा भयो । उहाँ जानुभएन र उहाँले राष्ट्रियसभामा जवाफ दिँदै भन्नुभयो कि चिनियाँ राजदूतकै सल्लाहमा म गइँन । तर राजदूतले गलत भनाई आयो भन्नुभएको छ यस्तो किन भयो ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण