पौडी खेल्ने क्रममा मर्स्याङ्दीमा एक पुरुष बेपत्ता
डुम्रे । पौडी खेल्ने क्रममा मर्स्याङ्दी नदीमा एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तनहुँको भानु नगरपालिका–८ बलिफाँटका ३५ वर्षीय सुकबहादुर नेपाली रहेका छन् । पौडी खेल्ने क्रममा नेपालीलाई नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।
नदीले बगाएर बेपत्ता भएका नेपालीको प्रहरी चौकी पुर्कोट, इलाका प्रहरी कार्यालय भानु तनहुँका प्रहरी निरीक्षकको टोली, मनकामना गण भानु तनहुँबाट उद्धार सामग्रीसहित सशस्त्र प्रहरी बल र स्थानीयवासीले खोजतलास गरिरहेको उनले बताए ।
“घरबाट सोही स्थानमा रहेको सतदेवी मन्दिरको निर्माणका लागि श्रमदान गर्न जान्छु भनेर निस्केका रहेछन्, मर्स्याङ्दी किनारमा पौडी खेल्ने क्रममा नदीले बगाएरको रहेछ”, खाणले भने, “आज दिउँसो ११ः४५ बजे नदीले बगाएको खबर पाएका थियौँ ।”
हालसम्म नेपाली फेला नपरेको र उक्त घटना सम्बन्धमा थप अनुसन्धान तथा खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण