असार १५ भित्र सबै विद्यालयले आईईएमआईएस अद्यावधिक गर्नुपर्ने
काठमाडौँ । सबै प्रकारका विद्यालयहरूले असार १५ गतेभित्र विद्युतीय एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आईईएमआईएस) अद्यावधिक गरिसक्नुपर्ने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै प्रकार र तह अन्तर्गतका सामुदायिक, संस्थागत र परम्परागत/धार्मिक प्रकृतिका विद्यालयहरूले शैक्षिक सत्र २०८० को लागि सिस्टममा अद्यावधिक गर्न भनेको हो ।
विद्यालय शिक्षासँग सम्बन्धित तथ्याङ्क र सूचनाहरू वेब बेस्ड सिस्टममा व्यवस्थापन गरी तिनको सङ्कलन, एकीकरण, विश्लेषण, प्रतिवेदन तयारी, प्रवोधीकरण र प्रकाशन गर्दै त्यसको आधारमा योजना निर्माण, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कनका कार्यहरू केन्द्रले गर्दै आएको छ । शैक्षिक सत्रको सुरुमा र शैक्षिक सत्रको अन्त्यमा गरी प्रत्येक शैक्षिक सत्रमा दुई पटक अनलाइन अद्यावधिक गर्ने गरिन्छ ।
त्यसरी अद्यावधिक गर्दा मोन्टेरी–ईसीईडी देखि कक्षा १२ सम्म सञ्चालन भएका विद्यालयहरूले आ–आफ्नो विद्यालयको एक्सल बेस्डको आईईएमआईएस अनिवार्य रूपमा अद्यावधिक गर्ने तथा नयाँ विद्यालय भए निर्धारित मिति भित्र स्थानीय तह मार्फत शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट विवरण भर्नुपर्ने केन्द्रले जनाएको छ । कुनै स्थानीय तहभित्र कक्षा ११ र १२ मात्र सञ्चालन गरिरहेका विद्यालयहरूले समेत अनिवार्य रूपमा विवरण अद्यावधिक गर्नुपर्ने केन्द्रले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण