काभा भलिबलमा नेपाल तेस्रो
काठमाडौँ । एनएससी—काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपाल तेस्रो भएको छ । तेस्रो स्थानका लागि आइतबार भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३—१ सेटले पराजित ग¥यो ।
प्रतियोगितामा उज्वेकिस्तानले चौथो स्थान हासिल ग¥यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको खेलमा नेपाल पहिलो सेटमा २०—२५ अंकले पछाडि परेको थियो । त्यसपछि भने नेपालले खेलका उत्कृष्ट पुनरागमन गरेको थियो ।
नेपाली टोलीले दोस्रो सेटको नजितलाई २५—१६ अंकले आफ्नो पक्षमा परेको थियो । त्यसपछि लयमा फर्किएको नेपालले तेस्रो सेट २५—१५ र चौथो सेट २५—१३ अंकले जितेको थियो । गत शुक्रबार खेलिएको सेमिफाइनल खेलमा नेपाली टोली कजाकस्तानसँग पराजित भएको थियो ।
प्रतियोगितामा नेपालसहित ८ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल भने आइतबार साँझ भारत र उज्वेकिस्तानबीच हुनेछ । प्रतियोगिता राखेपको विशेष सहयोग र नेपाल भलिबल संघको आयोजनामा भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण