खानी क्षेत्र– १ अर्ब २७ करोड टन चुनढुङ्गा अन्वेषण
काठमाडौँ । सरकारले हालसम्म देशमा १ अर्ब २७ करोड टन चुनढुङ्गा अन्वेषण भएको जानकारी दिएको छ । आर्थिक सर्वेक्षणमार्फत २५ जिल्लामा प्रमाणित, अर्धप्रमाणित र सम्भाव्य गरी उक्त क्षमताका चुनढुङ्गा अन्वेषण भएको सर्वेक्षणमा उल्लेख छ ।
आर्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार करिब ७० करोड टन प्रमाणित, २० करोड टन अर्धप्रमाणित तथा ३७ करोड टन सम्भाव्य गरी करिब १ अर्ब २७ करोड टन चुनढुङ्गा अन्वेषण भएको छ । हाल १ करोड ७० लाख टन प्रतिवर्ष क्षमताको २६ एकीकृत उद्योग (सिमेन्ट, किङ्कर सहितका) सञ्चालनमा छन् ।
सिमेन्ट उद्योग र ३८ ग्राइन्डिङ युनिट निर्माणाधीन रहेका छन् भने हाल यी उद्योग ७० प्रतिशत क्षमतामा सञ्चालन भएका छन् । यस्ता उद्योगबाट वार्षिक १ करोड टन सिमेन्ट स्वदेशमै उत्पादन हुने अनुमान छ । सिमेन्टमा नेपाल आत्मनिर्भर भई चालू आर्थिक वर्ष २०७९/८० को फागुनसम्ममा सिमेन्ट र किङ्कर गरी कुल रु.३० करोड ५५ लाखको सिमेन्ट निर्यात समेत भएको छ ।
खानीजन्य उद्योग स्थापनाका लागि हालसम्म विभिन्न ५० प्रकारका खनिजको प्रवर्द्धन भएको छ । खनिज प्रवर्द्धनलाई निरन्तरता दिँदै विभिन्न क्षेत्रका थप खनिजहरू (तामा खनिज ३ वटा धादिङ र गोर्खा), फोस्फोराईट २ वटा (बैतडी), चुनढुङ्गा २ वटा (सुर्खेत र सल्यान), डोलोमाईट १ वटा (खोटाङ), म्याग्नेसाइट १ वटा (उदयपुर) को प्रवर्द्धनका लागि कार्य अगाडि बढेको छ ।
चालू आर्थिक वर्षको फागुनसम्ममा महोत्तरीको बर्दिबासमा १०० वर्ग किलोमिटर क्षेत्रमा व्यवस्थित सहरी विकास र फोहर मैला व्यवस्थापनका लागि भू–इन्जिनियरिङ तथा भू–वातावरणीय अध्ययन कार्य सम्पन्न भएको छ । दैलेखस्थित पेट्रोलियम सम्भावित भण्डार क्षेत्रको अन्वेषणका लागि जियो फिजिकल सर्भे सम्पन्न भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण